Asmita Magazine

#

Welcome


चरैवेति …चरैवेति …

यस्तो लाग्दैछ , अस्मिता पत्रिकाको मूल मन्त्र हो, चरैवेति …चरैवेति … ! कहिल्यै समाप्त नहुने एउटा यस्तो यात्रामा हिँडिरहनु …हिँडिरहनु … ।
सात वर्षको निकै लामो समय सुस्ताएर लिएको विश्रान्तिपछि अस्मिता पत्रिकाले यतिबेला फेरि आफ्नो यात्राको पुनःथालनी गर्दैछ । यो त्यही यात्राको निरन्तरता हो, जुन आजभन्दा ३५ वर्षअघि सुरु भइसकेको थियो ।

नेपाली महिलाका मर्यादास्तर र गौरवपूर्ण अस्तित्वको खोजको उद्घोष गर्दै अस्मिता पत्रिकाले २०४५ साल वैशाख महिनामा आफ्नो यात्रा आरम्भ गरेको थियो ।

पितृसत्तात्मक समाजमा दोस्रो दर्जामा खसालिएका नेपाली महिलाहरूको अधिकार, समानता र हकहितको सवालमा दवाब सृजना गर्न अस्मिता पत्रिकामा उतिबेला उठाइएका जल्दाबल्दा नारीवादी सवालहरू यी थिएः पैतृक सम्पत्तिमा समान अधिकार, परिवारभित्र र राज्यसत्तामा पितृसत्ताको समाप्ति, आरक्षण, समान ज्याला, असमान कानुन र सामाजिक कुप्रथाको अन्त्य, गर्भपतनको अधिकार, बलात्कार र चेलिबेटी बेचविखनमा रोक, नारी शरीरलाई वस्तु ठान्ने परम्पराको अन्त्य, अश्लिल सामग्री प्रकाशन र प्रसारणमाथि बन्देज आदि आदि ।

महिला अधिकार विषयमाथि केन्द्रित रहेर विषयको ओज, स्तर र व्यवसायिकतालाई पनि कायम राख्दै नेपाली महिलाहरूको व्यतिmगत मर्यादा अनि गौरवपूर्ण अस्तित्वको खोजी गर्ने जुन यात्रामा अस्मिता पत्रिका अविच्छिन्न प्रयत्नशील भइरह्यो, त्यो त्यस युगका महिला सक्रियता, साहस र जुझारुपनको न केवल साक्षी बन्यो, आफै पनि पितृसत्ताको विरोधमा महिला समानताको चुनौतीपूर्ण लडाईं लड्दै नेपाली महिला आन्दोलनको एउटा कालखण्डको कोसेढुङ्गा बन्यो ।

लगभग चार दशकअघि यसरी सुरु भएको अस्मिता पत्रिकाको यात्राले फेरि निरन्तरता पाउनु हामी–द्वय सुसन÷अन्जु (अस्मिता पत्रिकाको संस्थापक, प्रकाशक,सम्पादक) लगायत उतिबेला अस्मिता पत्रिकामा तनमनले संलग्न र योगदान दिनेहरू सबैलाई अत्यन्त खुसी, आत्मसन्तोष र गर्वको कुरा भएको छ । जबसम्म आधी शक्ति, आधा आकाश र आधा धर्ती ढाक्ने महिलाको अस्तित्व छ, अस्मिताको पनि अस्तित्व छ । हाम्रो कामना छ, अस्मिता–यात्राको निरन्तरता एउटा रिले दौडजस्तै बनोस् । जब पुराना खेलाडी थाक्छन तर खेलको अन्त्य नभई बागडोर सक्षम नवपुस्तामा हस्तान्तरण होस् । यसरी अस्मिताको यो अनन्त यात्रा यसरी नै जारी रहिरहोस् । अस्मिता पत्रिकालाई पुनःजीवन दिन अहोरात्र भगिरथ प्रयत्नमा लागिपर्ने सबै उर्जाशील नव अस्मिता परिवारलाई हाम्रो स्नेहसिक्त शुभकामनाहरू र अनन्त आभारहरूसहित अस्मिता पत्रिकालाई पुस्ता हस्तान्तरण गर्दछौ… ।
चरैवेति …चरैवेति …
सुसन ÷अन्जु

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के