पेशाले चिकित्सा र जनस्वास्थ्य अनुसन्धानकर्ता डा. महेश मास्के अस्मिता पत्रिकाको संस्थापनकालदेखि नै यससँग आबद्ध हुनुहुन्छ । विद्यार्थीकालदेखि वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आउनुभएका साहित्यमा अभिरुचि राख्ने उहाँ पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष तथा २०१२ देखि २०१६ सम्म चीनका लागि नेपालको राजदूत पनि रहनुभएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयबाट डाक्टर अफ साइन्स डिग्री हासिल गर्नुभएका मास्के सोही विद्यालयको Distinguished Alumni Award बाट सम्मानित हुनुभएको छ ।