प्राध्यापन पेसामा संलग्न बिन्दु शर्मा नेपाली साहित्यमा विद्यावारिधि हुनुहुन्छ । ओक्कल दोक्कल पीपल पात (२०७५) कविता सङ्ग्रहसँगै नेपाली कवितामा समावेशी स्वर लगायतका समालोचनाका लेखक उहाँ कृतिमाथि आलोचनात्मक दृष्टि राख्ने वक्ताका रूपमा चिनिनुहुन्छ । पर्यावरणीय दृष्टिले रचना गरिएका उहाँका केही कथाहरू फुटकर रूपमा प्रकाशित छन् । विभेदका विरुद्ध वर्गीय समानताका पक्षमा मत राख्ने शर्मा नारीचेतनाका हिसाबले प्रखर मानिनुहुन्छ । उहाँ वेदनाका सम्पादक हुनुहुन्छ ।