श्रीलङ्का, सुडान, इरान लगायत विश्वका विभिन्न देशहरूमा जनस्वास्थ्य विशेषज्ञकारुपमा काम गर्नुभएका वरिष्ठ जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती लामो समयदेखि महिला स्वास्थ्य, अधिकार र पोषणको क्षेत्रमा वकालत गर्दै आउनु भएको छ । निरन्तर रुपमा जनस्वास्थ्य र जनचेतनामुलक लेख लेखिरहनु भएका डा. उप्रेती आफ्नो स्वास्थ्य आफ्नै हातमा ? नामक पुस्तकका लेखक तथा नेपाल जनस्वास्थ्य प्रतिष्ठानका पूर्व अध्यक्ष हुनुहुन्छ ।