नेपाली साहित्यको निबन्ध र समालोचना विधामा साठीको दशकबाट निरन्तर काम गरिरहनुभएका लेखक कुमारी लामा महिला, जनजाति तथा सीमान्तकृत समुदायका विषयमा वकालत गर्नुहुन्छ । उहाँको उज्यालो अन्धकार (२०७१), दर्ज्यु संलाप (२०८१) निबन्ध संग्रह प्रकाशित छन् ।