ऋषि बस्ताकोटी समकालीन नेपाली साहित्यका एक सशक्त कवि, गजलकार तथा मुक्तककार हुन् । सामाजिक न्याय उनको साहित्यिक लेखनको मूल स्वर हो। राष्ट्रिय कविता महोत्सव (२०५२), गजलप्रतिभा सम्मान (२०६३), अल्वर्टा ग्राजुएट सिटिजनसिप अवार्ड (२०७०), कल्पतरू अन्तर्राष्ट्रिय सम्मान (२०८०), हरि उत्कृष्ट प्रतिभा पुरस्कार (२०८०) लगायत एक दर्जनभन्दा बढी साहित्यिक पुरस्कार र सम्मान प्राप्त गरेका बस्ताकोटीका ज्वालाका रापहरू (गजल सङ्ग्रह २०५४), स्पर्श (गजल एल्बम २०७१), विसङ्गत बस्ती (मुक्तक सङ्ग्रह २०७८) र पानीको रङ (कविता सङ्ग्रह २०८१) प्रकाशित छन्। साहित्यिक लेखनका अतिरिक्त उनी वन, वातावरण, जलवायु परिवर्तन, दिगो विकास, र वातावरणीय न्यायसम्बन्धी प्राज्ञिक अनुसन्धान र अखबारी लेखनमा पनि सक्रिय छन्। उनले क्यानाडाको क्यालगेरी विश्वविद्यालय क्यानाडाबाट वातावरणीय नीति विषयमा विद्यावारिधि गरेका छन्।