तिमी भन्छौ—
मेरो हिँडाइ लोग्नेमानिसको जस्तो छ,
कोमलताविहीन हल्लिरहने पाखुराहरू
बिराली चालजस्तो लचकताबिनाको
मेरो हिँडाइमा कुनै आकर्षण छैन
तिमी भन्छौ—
वाइनको मादकता ब्युँताउने कामुक सङ्गीतले
या सुगन्धित धूप र हजारौँ बहानाले पनि
ठीक समयमा नाच्दैनन् मेरा नितम्बहरू
तिमी भन्छौ—
मेरा गालामा लज्जा असहज रूपले बस्छ
मेरा नङ्हरू सजाइएका छैनन् र कुनै त टोकेर खुँडो पारिएका छन्
त्यो गुलाबी रङ्ग मेरो हुनुपथ्र्यो,
तर मैले कालो छानेँ !
तिमी भन्छौ—
मेरा आँखाहरू लजालु छैनन्,
तिनीहरू बढी नै चम्किन्छन्,
रापिला रडहरूजस्ता
वर्जित आमन्त्रणले विथोलिरहन्छ
तर, के मैले हिँड्दाखेरिको त्वचा तिमीले लगाएका छौ ?
के विचारले मेरा पैतालाहरू चल्छन् भन्ने तिमीलाई थाहा छ ?
मेरा पाइतलामुनि स्प्रिङ्ग राखिएका हुन् र ?
मभित्र धड्किरहेको शक्ति, तिमीलाई थाहा छ ?
जसले मलाई झङ्कृत गर्छ र, मेरो आँखीभौँमा रेखा खिचिदिन्छ
के तिमीले मेरो नाडीमा बज्ने ढोलको आवाजजस्तो चाल सुन्न सक्छौ ?
मलाई थाहा छ, मेरो उदासी तिमीले सहन सक्ने धैर्यभन्दा बढी छ
तिमी त केवल मेरो छाला मुनिको काउकुतीजस्तो हुन चाहन्छौ
मलाई माफ गर, तिमीले केही बिर्सिएका छौ
त्यो जादू, जो सम्पूर्ण रूपमा म आफै हुँ ।
लेखक परिचय पेसाले स्वास्थ्यकर्मी तथा सामुदायिक विकासमा संलग्न नाइजेरियन कवि अगाथा अड'रोको द इन्च्यान्टिङ एन्ड अदर पोएम्स कविता सङ्ग्रह प्रकाशित छ । उहाँका कविताहरू महिला मुद्दा केन्द्रित छन् ।
View all posts

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.
Read MoreAsmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870
स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं
संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के