Asmita Magazine

#

महिला मस्तिष्कमा सुषुप्त विचार पक्षको उद्घाटनले पनि अस्मिता विशिष्ट थियो

शिक्षा र समाजसेवामा समर्पित सुकन्या वाइबा अमृत माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक हुनुहुन्छ । सिर्जना र सामाजिक कार्यमा समर्पित उहाँका म किट्टी बिरालो लगायतका चिन्तनप्रधान कृतिहरु तथा लेख रचना प्रकाशित छन् । अस्मिता पत्रिकाको आरम्भदेखि नै यसको निरन्तर प्रकाशनहरुलाई नजिकबाट नियाल्नुभएका वाइबासँग अस्मिता पत्रिकाको नामाब्करणदेखि महिला अधिकार र अस्तित्वको पछिल्लो सवालकेन्द्रित अस्मिता हाम्राले लिएको अन्तर्वार्ता ।

अस्मिता पत्रिकाको नाम पारिजातले जुराइदिनुभएको रहेछ । महिला पत्रिकाका रूपमा विशेष स्थान बनाएकोअस्मिता, अस्मिता हाम्रा बनी पुनः प्रकाशनमा अगाडि बढेको यस समयमा नाम जुराउँदाको सन्दर्भसहितको विगतलाई यहाँले कसरी स्मरण गर्नुहुन्छ ?

हो, ’अस्मिता’ नाम पारिजात दिदीले जुराइदिएकी हुन् । मेरो बुझाइमा त्यसबेलासम्म ’अस्मिता’ शब्द त्यत्ति चलनचल्तीमा आएको थिएन । यस सुन्दर शब्दले त्यस पश्चात् बिस्तारै व्यापकता पायो । पत्रिकाको लोकप्रियतासँगै आमाबाबाहरूले छोरीहरूको नाम अस्मिता राखेको पनि यदाकदा सुनियो । अस्मिता पत्रिकाले विशिष्टता हासिल गरेको चाहिँ नामले मात्र होइन । महिला मस्तिष्कमा सुषुप्त विचार पक्षको उद्घाटनले पनि अस्मिता विशिष्ट थियो । त्यस बेलासम्म प्रकाशित हुने महिलाकेन्द्रित पत्रिकाहरू महिलाको सौन्दर्य पक्ष र घरेलु सीप÷कलामा सीमित थियो । विचार पक्षको कमी थियो । हुन त विगतमा महिला अधिकारका निम्ति सब्घर्ष गर्ने पत्रिकाहरू जस्तै, महिला बोल्छिन्, स्वास्नीमान्छे प्रकाशित भएको उल्लेख छ । पारिजात दिदीले महिला बोल्छिन्को सम्पादक शशिकला शर्मासँग भेट गरेकी हुन् तर न्युन महिला साक्षरताका कारण व्यापकता पाएन सायद ।

२०४५ सालमा अस्मिताको प्रकाशनले महिलाको मानसिक सक्षमता पुरुष सरह नै छ भन्ने तथ्य प्रमाणित गरिदियो । अस्मिताका सम्पादकद्वय अञ्जु क्षेत्री र सुसन मास्केमध्ये सुसनसँग पारिजातको बढी निकटता थियो । पैंतिस वर्षअघि महिला साक्षरता केवल ११.५ प्रतिशत मात्र थियो । त्यस बखत मैले कुनै महिलाले मोटरबाइक हाँकेको देखेकी थिइनँ तर अस्मिताकी निडर सम्पादक सुसन बाइक चढेर समाचार सब्कलन गर्न र घरघर पुगेर विशेष व्यक्तिहरूको अन्तर्वार्ता लिन्थिन् । म त छक्क पर्थँ।

अन्तराष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको र आफ्नै डकुमेन्ट सेन्टरको धनी, भविष्यका लागि नवीन कार्यक्रमहरू बोकेको अस्मिताको पुनः प्रकाशनको सन्देशले मलाई सीमातीत हर्षित मात्र होइन, उत्साहित पनि बनाएको छ ।

पारिजातले अस्मिताका लागि मेरो भागमा परेको अस्मिता’ नामक स्तम्भ लेख्नु हुन्थ्यो । उहाँले उठाउनुभएको विषयलाई त्यस बेला कसरी लिइन्थ्यो ? यहाँलाई महिला आन्दोलनमा उहाँको लेखनले के कस्तो भूमिका खेलेको छ जस्तो लाग्छ ?

यसरी प्रारम्भ गरौँ, उस बखत हाम्रो घरधन्दामा सहयोग गर्ने महिला निरक्षर हुन्थिन् तर प्रत्येक महिलालाई दिदीले साक्षर पारेर नै पठाउँथिन् । यसको एउटा सफलता त यसरी देखियो, जब एउटी महिलाले आफ्नो श्रीमान् र उनकी प्रेमिकाको प्रेमपत्र पढेर विद्रोह गरिन् र आफ्नो वैवाहिक बन्धन सुरक्षित गर्न समयमै समर्थ भएकी थिइन् । यसले उनको ग्रासरुट (grass root) को महिला पनि समेटिनु पर्छ भन्ने तथ्यलाई पुष्टि गर्छ । अझ अरू पनि उदाहरण छन् तर हाल यति नै पर्याप्त होला ।

उनको लेखाइमा नै स्पष्ट भनिएको छ, “माथ्लो दर्जाको राजनीति मात्र लेखुन् भन्ने आशय मेरो रहेको छैन । नारी अस्मिताबारे ग्रासरुट (grass root) बाटै बुझ्नुपर्ने थुप्रै विषयहरू छन् । यी विषयहरू उपेक्षित नरहून् भन्ने मेरो भित्री चाहना ।” विद्वत् वर्गका महिलाहरूलाई हुने खुराक मात्र नपस्केर सबै वर्गलाई हुने, पकाउने लगायत समग्र महिला समेटेर पत्रिकाको दायरा फराकिलो बनाउने उनको इच्छा सराहनीय थियो । आम महिलाहरूमा पनि राजनीतिक चेतना हुनुपर्छ भन्ने उनले उठाएका विचारले राजनीतिक उथलपुथलको त्यतिबेलाको समयमा महिलामा विकसित भइरहेको राजनीतिक चेतनामा सघाउ पु¥याएको हो । । साक्षर तथा राजनीतिक चेतना राख्ने तथा आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरिरहेका महिलाहरूमा अतिरिक्त ऊर्जा प्रादुर्भाव भएकै हो । धेरै समय बितिसकेकाले कतिपय तथ्यहरू विस्मृतिमा पुरिसकिए तथापि महिलाहरूको आवाज आफ्नो हकहित र अधिकारको मागमा मात्र सीमित नभएर समग्र राजनीतिक सामाजिक समस्याहरू उपर जागरुक भएको थियो । नयाँ सब्गठनहरू जन्मे, पुराना बढी सक्रिय भए । २०४७ सालमा वीरेन्द्र हलमा हुने सुन्दरी प्रतियोगिताको विरोध पनि यसैको उपज हो ।

तस्विरः कुमारी लामा

यहाँका जीवनका सब्घर्षका थुप्रै पाटाहरू छन्, जो विस्तृत रूपमा उजागर हुन बाँकी नै छन् । पारिजात र निर्मल लामासँगको समय र अमृत विद्यालयको जिम्मेवारीका साथमा बन्दी बाबु आमाका नानीको जिम्मेवारी पनि थिए तपाईंमा, त्यो समयलाई यहाँ कसरी सम्झनु हुन्छ ?

वास्तवमा मेरो व्यक्तित्व दिदी र निर्मल लामाको छायामा हुर्केको व्यक्तित्व हो । दिदी र लामाजी रहुन्ज्याल मैले सम्हालेको संस्थाहरूबाट टे«निब प्राप्त गरेँ । विद्यालय सञ्चालन गर्दा दिदीको साथ थियो । उनको मार्गदर्शन र सहयोगले समस्याहरू सजिलै सुल्झाइन्थ्यो । दिदीले छोडेर गएपछि निर्मलको हौसलाका आधारमा दिदी अध्यक्ष रहेको बन्दी सहायता नियोगको अभिभारा सम्हाल्न राजी भएकी हुँ । १५ वर्ष लामो अवधिको स्वयंसेवा चुनौतीपूर्ण र कष्टप्रद त थियो नै, तर कतिपय अवस्थामा सुखद पनि । निर्मलको निधनपछि सहृदयी साथीभाइको सहयोगमा काम जारी नै राखेँ । दुईवटा संस्था र आफ्नै परिवारको बोझले अन्त्यमा म टुटेँ । विमेन वर्किब टुगेदर फर चेन्ज (वाच)’ का कार्यकारी अध्यक्ष श्री नारायणकाजी श्रेष्ठले यस संस्थाको अभिभारा लिनु भएपछि मैले मुक्ति पाएँ । उहाँको सवल नेतृत्वमा यस संस्थाले विकास गरेको छ । अन्त्यमा विद्यालय पनि शिक्षाविद्हरूको सञ्चालनमा सुम्पेपछि अहिले फ्रि’ छु, साथमा अनुभवहरूको सँगालो लिएर ।

केही कुरा स्मरण गर्न चाहन्छु । दिदीले चिठ्ठीमा लेखेकी छिन्, “बाँच्नलाई जहाँ बाँचू, मर्नलाई मलाई तेरै घरको सब्घार चाहिन्छ सुकन”।

एक्लो दाइको असामयिक निधन, खाट परेका बाबु, दिदीको विक्षिप्त अवस्था देख्दा जीउ छाडेर पछारिएर रुँदै गरेको बेला मेरो मुखबाट अनायास निस्केको थियो, “म मेरो बाबु र दिदीलाई कसैको अघि शिर झुकाउन दिन्न”। निर्मलसँग मेरो सम्झौता नै थियो, उनले राजनीति गर्ने मैले घर सम्हाल्ने । उनी भन्ने गर्थे, “ऊ चौबिस घण्टा काम गर्छे, थाक्दिन, म त उसकै कमाइ खाएर बसेको छु” ।

यी नै हुन् मेरा जीवनका पाटाहरू ।

पारिजातकालीन समयमा सृजनात्मक र वैचारिक लेखनले नेपाली महिलावादी आन्दोलनमा नयाँ तरब्ग पैदा गरेको थियो । अहिले समय बद्लिएसँगै त्यस तरब्गको गति कस्तो पाउनुहुन्छ ?

दिदी जीवित रहँदासम्मै महिलाहरूद्वारा लिखित सामग्रीहरूको खडेरी नै थियो भने पनि हुन्छ । झन्डै तीस वर्षको अवधिमा महिलावादी लेखन मात्र होइन, विविध विषयमा समेत महिलाहरूको कलम चलेको र उत्कृष्ट लेखन भएको देख्दा खुसीको पारावार रहन्न । कहिले त पत्रिकाहरूमा महिलाहरूको मात्र लेखन समावेश भएको देख्छु । अहिलेको समय बदलावसँगै त्यस तरब्गको गति अति तीव्र र गुणात्मक भएको पाउँछु । आशावादी छु र बधाई ज्ञापन गर्न चाहन्छु ।

पारिजातको साहित्यिक व्यक्तित्व र निर्मल लामाको राजनीतिक व्यक्तित्वको सानिध्यमा बितेको सुकन्या वाइबाको जीवनले म किट्टी बिराला संस्मरणसम्मको यात्रा तय गर्दा जीवनका संगति र असंगतिहरूलाई कसरी केलाउनुहुन्छ ?

पारिजातको साहित्यिक र निर्मलको राजनीतिक व्यक्तित्वको सानिध्यमा नै मैले केही सार्थक जीवन बाँच्न सिकेँ । उनीहरूको साथ नपाएकी भए मेरो जीवनको मूल्य निसन्देह शून्य जस्तो हुने थियो कि ? उनीहरूबाटै ढाडस पाएर आत्मविश्वासी हुन सिकेँ र केही राम्रा कामहरू पनि गरेँ । आजसम्म पनि उनीहरूलाई मनको संसारमा स्थापित गरेर, प्रत्येक दुःख र अनिर्णयको क्षण उनीहरूबाटै काल्पनिक उर्जा सापट लिएर काम गर्ने गर्छु । सायद यही शक्ति र वर्षांैको सब्गतले मेरो हालै प्रकाशित संस्मरण कृति म किट्टी बिरालो लेख्न सकेँ हुँला । यति मात्र होइन, उनीहरूकै स्रोतबाट परिचित साथीभाइहरू र मेरै केही अभिन्न मित्रहरूको बलियो वृत्तले मलाई घेरेको छ, समर्पण गर्न दिँदैनन् । सहयोगका हातहरू र हिम्मतका टुक्राहरूले मलाई झक्झक्याइरहन्छन् । त्यसैले अहिलेसम्म बाँचेकी छु ।

नेपालको महिला आन्दोलनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? यसभित्र पनि तामाब समुदायमा आयातीत पितृसत्ताको असरलाई कम गर्न कस्तो सचेनताको आवश्यकता छ ?

महिला आन्दोलन विषयको विज्ञ म होइन । दिदीको क्रियाकलापबाट केही जानेकी हुँ । यो गाह्रो प्रश्नको उत्तर मेरा केही सोधखोज, अध्ययन र अनुभवका आधारमा दिन्छु । शक्ति योगमायाकै समयदेखि नै महिला अधिकारको कुरा उठेको रहेछ । उनले नारी समिति पनि स्थापित गरेकी रहिछन् । प्रजातन्त्र प्राप्तिको निम्ति राणा शासनको विरोध गर्ने क्रममा महिला अधिकारकर्मी र राजनीतिज्ञ मब्गलादेवी सिंहले २००४ सालमा महिला सब्घ’ नामक संस्था स्थापना गरेर महिलाको मतदान गर्ने अधिकारको माग गरेकी थिइन् । प्रजातन्त्र प्राप्तिको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै महिलाहरू सडकमा उत्रिएका थिए । यसरी आन्दोलनमा सहभागी भएका महिलाहरू २००७ सालमा प्रजातन्त्र प्राप्तिपश्चात् आफ्नो अधिकारको लडाइँमा सक्रिय भए । तथापि केही महिला विज्ञहरूको मतअनुसार ती आन्दोलनहरू अभिजात वर्गका महिलाहरूमा सीमित थियो । तल्लो तहका महिलाहरू समेटिएका थिएनन् । सब्घर्षको वेग र निरन्तरताको तथ्य कोट्याउँदा केही विज्ञको मूल्याब्कनअनुसार महिला आन्दोलनमा ऐक्यबद्धता’ छैन र यो ।।।मुद्दा विशेष’ छ । कोही समावेशी नभएको र कुनै अन्तरसम्बद्धता (इन्टरसेक्सनल) नभएको गुनासो गर्दछन् । जे होस्, आन्दोलनहरू भएका हुन् र महिलाको सशक्तीकरण भएकै हो ।

तामाब समुदायका महिलाहरूको सन्दर्भमा बोल्दा पारिजात दिदीको यो भनाइ उल्लेख गर्न सटिक ठान्छु, “जनजातिका महिलाहरूको थर विवाहपछि फेरिँदैन । … यहाँ महिलाहरू वैधव्य, पहिलो मासिक धर्मका समय गुफा बस्ने, तीज र पञ्चमीको व्रत जस्ता थुप्रै रूढि र शोषणहरूबाट मुक्त छन् ।”

अरू जनजातिका महिलाहरूका विषयमा मलाई उत्तिको थाह छैन तर तामाब महिलाहरूका हकमा चाहिँ उक्त कथन सतप्रतिशत सही छ । तर तामाब समुदायभित्र हिन्दु धर्मको प्रभाव व्यापक छ । अरू पर्वहरू छाडेर दसैँ तिहार मनाउने चलन त प्रवासका नेपालीहरूमा उक्तिकै व्यापक छ । तामाब जातिको स्थिति यहाँ दलितको भन्दा केवल एक स्टेप मात्र माथि छ; यति हो, छुवाछुतको विभेद छैन ।

धेरै अघि श्री युग पाठकको माब्गेना नामक पुस्तक पढेकी थिएँ । त्यसबाट पनि जनजातिमा हिन्दु धर्म जबरजस्ती लादिएको हो भन्ने ज्ञान हुन्छ । जनजातिले पनि हिन्दु धार्मिक पर्वहरू मनाउनै पर्ने । मनाएको प्रमाणस्वरूप दसैंमा खसी बोका काटेर त्यसको रगतमा हात चोपेर घरको बाहिरी भित्तामा छाप लगाउने सरकारी उर्दी थिएछ । बिहानपख सैनिकहरू चेकिबमा आउँदा भित्तामा छाप नभएका घरका सदस्यहरू सजायँको भागी हुनुपर्ने थिएछ । पुस्ताँै पुस्तामा यही चलन चलेर जाँदा आफ्नै चाड भएको महसुस भयो । अहिलेसम्म तामाबहरू यो चाड भव्यताका साथ मनाउँदैछन् । वैधव्यका कठोर नियमहरू, तीज, पञ्चमीजस्ता पर्वहरू समेत थपेर मनाउनु यसै लादिएको धर्मको अवशेष हो कि ?

मैले तीज पर्वको सामाजिक पक्षलाई हेरेर यसको सुरुवातलाई महिला अधिकारको आन्दोलनको प्रथम खुट्किलो हो भन्ठानेकी थिएँ तर अहिले आएर बुझ्दै छ,ु हिन्दु धर्मले बाँधेका बन्धनहरू शोषणका रूपमा विद्यमान रहेछन् । पञ्चमी पनि यस्ता विकृतिबाट मुक्त छैन । आधुनिकतासँगै तीजजस्ता पर्वहरूको स्वरूप परिवर्तन हुँदै जानु स्वाभाविक हो, तर आजभोलिको प्रवृत्ति देखेर शिक्षित र समझदार हिन्दु महिलाहरू आफै चकित परेका छन् । सीमा नाघेको तडकभडक र गहना गुरिया र पहिरनको प्रदर्शनीले केवल बहुराष्ट्रिय कम्पनीहरूलाई फाइदा हुन्छ, उनीहरूको गुनासो छ । धेरै पक्षहरूबाट विरोधका स्वरहरू गुन्जिसकेका छन् ।

वास्तवमा तामाब समाज मातृसत्तात्मक हो भन्छन् । ।।।आमैले हो, आमैले…’ भन्ने लवजबाट मातृवन्दना गरिन्छ । धर्मले बुद्धिष्ट हौँ । हिन्दु महिलामाथि लादिएको धार्मिक सांस्कृतिक शोषण बुद्धिष्ट महिलाहरूले खेप्नुपर्ने बाध्यता छैन । तडकभडकका साथ हिन्दु पर्वहरू मनाउनु उनीहरूको अज्ञानता हो, या गरगहना र पहिरनको प्रदर्शनी गर्ने रहर या मोह हुनसक्छ । तत्कालीन समयमा लादिएको हिन्दु धर्मको सामु निरीह तामाबहरूको जोड नचलेको पो हो कि ? तर अब त शिक्षित तथा सक्षम तामाबहरूले इतिहासमा घटेका कुरूप पक्षहरू केलाएर, बुझेर कदम चाल्नुपर्ने समय आएन र ?

ढिलो भइसक्यो सोचौँ । जागौँ ।

नेपाली समाज र साहित्यमा महिलाको उपस्थिति र अस्मिता पत्रिकाले महिला सशक्तीकरणमा दिएको योगदानलाई नजिकबाट नियाल्नुभएको यहाँले अस्मिता हाम्राका े े पुनः प्रकाशनको यस जमर्कोलाई आजको सन्दर्भमा कसरी लिनुहुन्छ ?

साहित्यमा महिलाको हालको उपस्थितिले म हर्षविभोर भएकी छु । २०४५ साल ताका अस्मिताको जन्म हुँदा महिलाहरूको लेखन न्यून नै थियो । महिलाहरूलाई मात्र केन्द्रविन्दुमा राखेर केही पत्रिकाहरू प्रकाशित हुन्थे तर त्यसमा स्तरीयताको कमी थियो । भुइँका महिलाहरूलाई समेत समेटेर सबै वर्ग र स्तरका महिलाहरूको प्रतिनिधित्व हुने साथै विचार पक्षको उचित कदर हुने पहिलो पत्रिका अस्मिताको पुनर्जीवन भएको छ भन्न कत्ति पनि हिच्किचाउँदिनँ ।

तस्विरः पारिजातसँग सुकन्या वाइबा

पैंतिस वर्षको अवधिमा नेपाली महिलाहरूको विद्वता पुरुष सरह भइसकेको छ, जब कि अस्मिताको जन्मताका महिला साक्षरता ११.५ प्रतिशत मात्र थियो । अहिले ६९.४ प्रतिशत पुगिसकेको छ । अनुमान लगाउनुहोस्, अब उप्रान्त कसरी विभिन्न क्षेत्रमा महिलाहरूको विचार, विवेक र विद्वता देखिनेछन्, अस्मिताका पानाहरूमा ।

 

Author

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के