Asmita Magazine

#

स्वतन्त्रता र सह–अस्तित्वको खोजमा अस्मिता हाम्रो को नवयात्रा

स्वतन्त्रता र सह–अस्तित्वको खोजमा अस्मिता हाम्रो को नवयात्रा

“विचारशील महिलाको विशिष्ट पत्रिका” भन्ने मूल नारासहित नेपाली महिलाको व्यक्तित्व, मर्यादा र गौरवपूर्ण अस्तित्वको खोजी र स्थापनाको सचेत प्रयत्नस्वरूप २०४५ साल वैशाखमा प्रकाशन सुरु
गरिएको अस्मिताले पितृसत्ता र महिला विषय केन्द्रित लेख–रचना प्रकाशित गरी वैचारिक बहसका निम्ति अभिव्यक्तिको वातावरण तयार गरेको थियो । महिलामुक्ति आन्दोलनका शीर्षस्थ व्यक्तित्व सुप्रसिद्ध
साहित्यकार पारिजातले यस पत्रिकाको नाम जुराउनु भएको थियो; र महिला उत्थानका निम्ति युवाजोशका साथ अग्रसर सुसन मास्के तथा अन्जु क्षेत्रीको सम्पादन प्रकाशनमा यसले एउटा लामो गौरवशाली यात्रा तय ग¥यो । त्यसपछि २०७१ सालमा अस्मिता हाम्रो नामबाट पाठकहरू समक्ष आएर केही अब्कपछि नै ओझल भयो । यस पत्रिकाले महिला अधिकार र स्वतन्त्रताका निम्ति गरेको ऐतिहासिक योगदानको
स्मरण विश्रामको यही अन्तरालमा हुन थाल्यो । अस्मिताको सब्घर्ष र इतिहासका सम्बन्धमा पाठकहरूले गर्नुभएको उच्च मूल्याब्कनले गर्दा नै हाम्रो पुस्ता त्यस इतिहाससँग आकर्षिक हुँदै गइरहेको थियो । नवपुस्तासँगको निरन्तरताको अभीष्टताका साथ अहिले यो हाम्रो पुस्तामा हस्तान्तरित भएर पुनः आफ्ना प्रिय पाठकहरूका मा ́मा आइपुगेको छ ।

अस्मिता पत्रिकाले त्यसबेला बहसमा ल्याएका महिलाको सम्पत्ति माथिको अधिकार, स्वास्थ्य शिक्षामा पहुँच, गर्भपतन, नागरिकता लगायतका विषयहरू आज संविधान र कानुनमार्फत् सम्बोधन भएका छन् । यस अर्थमा अस्मिताले महिला अधिकारको विषय मुखर गर्न ठुलो योगदान गरेको देखिन्छ । यस पत्रिकाले लिएको बाटो र बोकेको मर्मलाई समयसापेक्षित ढब्गमा अनुशीलन गर्दै आजपर्यन्त निरन्तरता पाइरहेको छ । पितृसत्तात्मक महिला विभेदी व्यवहार, महिला उत्पीडनका विविध रूपहरू र त्यसका सामाजिक–आर्थिक–सांस्कृतिक कारणहरू साथै बजार र वस्तुकरणको निर्मम प्रहार नै महिला मुक्तिमा तगारो बनिरहेको छ । महिलाको अस्तित्वमा बाधा भएर खडा भएका यिनै चुनौतीमाथि वैचारिक बहस–पैरवी गर्दै पितृसत्ताको ध्वंसबाट निर्माण गर्न सकिने सहअस्तित्वको खोजी गर्नु नै अस्मिता हाम्रोको मूल उद्देश्य हो ।

नेपालमा पछिल्लो आठ दशकको अवधिमा भएका सामाजिक राजनीतिक आन्दोलन, आम मानिसमा विकसित चेतना र प्राप्त उपलब्धिहरू गौरवपूर्ण छन् । लामो समयसम्म देशको बागडोर निरब्कुश राणा र शाह शासकहरूका हातमा रहेकामा २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन तथा २०६२÷६३ सालको दोस्रो जनआन्दोलन पश्चात् भने सार्वभौम अधिकार जनताको हातमा आएको छ । शक्तिकेन्द्र र त्यसका अधिनायकहरूसँगको नेपाली जनताको निरन्तर सब्घर्ष र प्रतिरोधको परिणामस्वरूप आज देश लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको छ । दोस्रो जनआन्दोलनको तरब्गसँगै महिला, मधेसी, मुस्लिम तथा सीमान्तकृत वर्ग समुदायको अधिकार र पहिचानको मुद्दाले राष्ट्रिय राजनीतिमा नै बहसको सृजना ग¥यो । त्यसयता महिला तथा सीमान्त समुदायहरूको हक अधिकारलाई संविधानले सुनिश्चितता गरे तापनि उनीहरूले उठाएका धेरै विषय सम्बोधन हुन बाँकी नै छन् । यसै पृष्ठभूमिमा रही प्रत्येक सचेत र जिम्मेवार नागरिकले देशको केन्द्रीय चरित्रका रूपमा स्थापित सामन्तवादी पितृसत्तात्मक मनोवृत्तिमा के कति परिवर्तन भयो ? सामाजिक सांस्कृतिक मान्यताका आडमा महिलामाथि हुने गरेका विभेद र दमनको अन्त्यको प्रयत्न कति भए ? उनीहरूको अधिकार र पहिचानको मुद्दा कुन ढब्गमा अगाडि बढेको छ ? समग्रतामा बुझिने नेपाली महिलाको पहिचानभित्र हराइरहेको महिलाभित्रको विविधताको विषय के कसरी सम्बोधन भएका छन् ? आजको भूमण्डलीकृत पुँजीवादी अर्थव्यवस्था र उपभोक्तावादी बजार व्यवस्थामाझ महिलाको अस्तित्व र स्वतन्त्रताको अवस्था कस्तो छ ? जस्ता अत्यन्त संवेदनशील विषयमाथि सुक्ष्म विश्लेषण गर्न आवश्यक छ ।

नेपालको संविधान २०७२’ले महिलालाई पैतृक सम्पत्तिदेखि वंशको अधिकार समेत प्रदान गरिसकेको छ । यद्यपि व्यवहारमा त्यसलाई पूर्णतः लागु गर्न न परिवारहरू तयार छन्, न महिला स्वयम् नै हकदावी गर्न सक्छन् । त्यसैले नेपाली समाज आज कानुन र व्यवहारको विपर्यास तथा दुविधापूर्ण अवस्थाबाट गुज्रिरहेको देखिन्छ । वर्तमान समय एकातिर बदलिँदो राजनीतिक सामाजिक व्यवस्थाको फेहरिस्त प्रस्तुत गर्दै अग्रगामी छलाब मार्ने स्वप्निल प्रतिबद्धता व्यक्त गर्छ भने अर्कोतर्फ कतिपय जीर्ण र रुढिग्रस्त पुरातन पितृसत्तात्मक मान्यतालाई काखी च्यापी महिला शोषणको नवनव सांस्कृतिक शैली निर्माणका निम्ति तल्लीन रहन्छ । त्यसैको परिणामस्वरूप पछिल्लो समय महिलामाथि हुने हिंसाका डरलाग्दा घटनाहरू बढिरहने र पितृसत्ताले त्यसलाई ढाकछोप गर्ने अथात् पीडित महिला भएकै कारण न्याय नपाउने स्थिति थप देखापर्न थालेका छन् । छोरीको भ्रूण हत्या, एसिड आक्रमण, दाइजो प्रथा, बलात्कार र हत्या, कार्यस्थलमा हुने हिंसा साथै सामाजिक सञ्जाल र साइबर स्पेसमा हुने हिंसा पनि उत्तिकै बढेका छन् । यस्ता अनेकन् समस्याबाट प्रताडित महिलाको अस्तित्वसँग जोडिएका सब्गीन मुद्दाहरू मौसमी बहस बनी हराइरहे झैँ लाग्छन् । पुँजीवादी अर्थव्यवस्थाको चब्गुलमाझ महिलालाई केवल ।।।घाँटी मुनिको देह’ या ।।।शरीरदेखि शरीरसम्म’को कायाका रूपमा बुझिदिने मनोवृत्तिको दपेटामा परेका महिलाहरूको स्वत्व महानगरका हरेक चोक र गल्लीमा बिक्री भइरहेका छन् । एउटा युगान्तकारी राजनैतिक परिवर्तनपछि पनि महिलाहरूको अस्तित्व ह्रासको अवसादपूर्ण यस अवस्थामा महिलाको मर्यादास्तर बारे अत्यन्त गम्भीर वैचारिक छलफल जरुरी छ । साथमा, नेपाली समाजका लैब्गिक उत्पीडनका विरुद्धमा प्रतिरोध गर्ने साहसी महिलाहरूले विगतमा गरेका पितृसत्ता विरुद्धका (योगमायापूर्व र योगमायादेखि समकालीन महिलावादी अभियन्ताहरूका कार्यहरू) कार्यको स्मरण गर्न पनि आवश्यक छ, जसले आजका महिलालाई अगाडि बढ्न बाटो फराकिलो पारिदिने छ ।

महिलाको पहिचानको मुद्दा आज विश्वव्यापी बहसको विषय बनेको छ । पश्चिमी राष्ट्रहरूमा अठारौँ र उन्नाइसौँ शताब्दीभर धिमा गतिमा अघि बढेको महिला अधिकारको विषयले सन् १९६० पछि भने द्रुतता लिई थुप्रै चरणहरू पार गर्दै अघि बढेको छ । सन् १९९०को दशकयता यौनिक तथा लैब्गिक अल्पसब्ख्यक समुदायको शरीर र लिब्गकेन्द्रित संरचनागत द्विलिब्गीय मान्यता (फ्यालोजोसेन्ट्रिक नम्र्याटिभ हेटेरोसेक्सुआलिटी) का विरुद्धको आवाज मुखरित भइरहेको छ । सहस्राब्दीको आगमनसँगै नयाँ चरणमा प्रवेश गरेको नारीवादी आन्दोलनको पछिल्लो संस्करणका रूपमा सामाजिक सञ्जालको माध्यमबाट विश्वभर फैलिएको ।।।ह्यासट्याग मिटु’ अभियानलाई लिन थालिएको छ । विश्वमा भइरहेको निरन्तर परिवर्तनसँगै महिलामाथि हुने हिंसाको स्वरूप पनि बदलिरहेको छ । यस पृष्ठभूमिमा महिलामाथि हुँदैआएका विभेदपूर्ण व्यवहारलाई समानता, स्वतन्त्रता, आपसी सद्भाव र सहभावमा बदल्नुपर्ने आवश्यकताप्रति सचेत हुँदै ।।।स्वतन्त्रता र सहअस्तित्वको सचेतनता’ भन्ने मूल विषयलाई केन्द्रमा राखी अस्मिता हाम्रो अगाडि बढ्नेछ ।

अस्मिता हाम्रोको यस पुनः प्रकाशन अब्क ।।।पितृसत्ता र भुइँमान्छेहरू’ विषयमा केन्द्रित भएकाले पितृसत्ता र महिला उत्पीडनसँग सम्बन्धित वैचारिक लेखहरू, यसै विषयमा गरिएको अन्तक्र्रिया— अस्मिता अन्तरसंवाद, अन्तर्वार्ता, कविता तथा अन्य सामग्रीहरू समावेश छन् । यस अब्कको अग्रलेख ।।।पारिजात र नारीवाद’का लेखक महेश मास्केले पारिजातका विचारहरूलाई केन्द्रमा राखेर नारीवादका विभिन्न धाराहरूको विवेचना गर्नुभएको छ । सुकन्या वाइबासँगको अन्तर्वार्ताले अस्मिता पत्रिकाको प्रकाशनको गौरवपूर्ण इतिहास तथा महिला मुक्तिका निम्ति पारिजातको संलग्नता र योगदानमाथि प्रकाश पारेको छ । रीता साहको लेख मधेसी समुदायमा विद्यमान पितृसत्ता, मधेसी महिलाको अवस्था तथा अधिकारको सवालमा केन्द्रित छ भने धनकुमारी सुनारको लेखले राज्यको पितृसत्तात्मक संरचनाको दोहनमा परेका दलित महिलाको प्रतिरोधी आवाजलाई प्रतिध्वनित गरी दलित महिलाको अधिकार र स्वतन्त्रताको वकालत गरेको छ । त्यसै गरी ज्ञानु अधिकारीको लेखले पितृसत्तात्मक समाजमा महिलाहरूले भोगिरहेको असजिलो समयलाई उजागर गरेको छ । अभय श्रेष्ठको लेख पितृसत्तासँग हिसाब फछ्र्यौट गर्न बाँकी रहेको ।।।महिला मुक्तिको बेरुजु’माथि केन्द्रित छ । साथमा राजकुमार दिक्पालको लेखमा लिम्बू विवाह संस्कारसँग जोडिएको नारीपक्षधरताको विषयलाई उठाइएको छ । यी लेखहरूले नेपाली महिलामाथिको पितृसत्तात्मक संस्थागत दलनलाई उजागर गरी विद्यमान विभेदपूर्ण अवस्थाको अन्त्य साथै पुरुषजातिसँग सहअस्तित्वको वकालत गरेका छन् । यस अब्कमा कवि उषा शेरचनको महिला स्वतन्त्रताका विषयमा अग्रगामी चिन्तनसहितको कविता समावेश गरिएको छ, जहाँ पितृसत्ताका चरण चरणका दमन विरुद्ध नयाँ पुस्ताका सम्भाव्य प्रतिरोधी आवाज प्रतिध्वनित भएको छ । अस्मितामा पूर्वप्रकाशित तर आज पनि उत्तिकै सान्दर्भिक रहेका पारिजात र निनु चापागाईँका लेखसँगै डा.मीना आचार्यको व्यक्तिचित्र पनि यस अब्कमा प्रस्तुत गरिएका छन् । अनुदित स्तम्भअन्तर्गत कविता, कथा र नारीवादी लेख प्रकाशित गरी महिलामुक्तिका विषयलाई विश्व परिवेशसँग जोड्ने प्रयास गरिएको छ । अस्मिता पत्रिकाका संस्थापक सम्पादक द्वय सुसन मास्के र अन्जु क्षेत्री, अस्मिताका आरम्भकालीन महत्वपूर्ण लेखक तथा सहकर्मी अरुणा उप्रेती, विधान आचार्य र सीता ओझाका शुभकामना मन्तव्य समेत प्राप्त गरी यहाँ प्रकाशित गरिएको छ । यसले इतिहासको सचेत निरन्तरतालाई सद्भावपूर्ण बनाइरहन प्रेरित गरेको छ । यसैगरी प्रा.डा. सुधा त्रिपाठी, प्राज्ञ हंसा कुर्मी र गौरी देवकोटाका लेखरचनाहरूले नारी अस्मिताको वकालत गरेका छन् । यस अब्कमा प्रयोग भएको नारीकेन्द्री कलामा आबद्ध आवरण चित्र कलाकार विश्वराज पराजुलीको रहेको छ ।

लामो समयदेखि आन्दोलनरत मिटरब्याज पीडित महिलाहरूको ऐंठनपूर्ण समय, सब्घर्ष र भुइँमान्छेको प्रतिरोधी आवाजलाई आत्मसात गरी लक्ष्मी रुम्बाले तयार पार्नुभएको लेख, महिला मुक्तिको सब्कल्पसहित अघि बढेको पत्रिका अपराजिता पारिजातबारे गीता त्रिपाठीले लेख्नुभएको समीक्षा तथा चुनौती र साहसको पर्याय बनेकी चरीमाया तामाबको दारुण समयदेखिको सब्घर्ष र महिलामुक्तिको साहसिक लडाईंमा मिल्दै गएको सफलताको कथा उजागर गरिएको कुमारी लामाले तयार पार्नुभएको लेख पनि यस अब्कमा प्रकाशित छन् । यस पत्रिकाको पुनः प्रकाशनमा साथ दिनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति हार्दिक नमन । अस्मिता हाम्रो का पूर्व प्रकाशक इन्दु तुलाधर र सम्पादक मञ्जु थापाप्रति हामी आभार प्रकट गर्दछाँै । अस्मितालाई हरेक कठिनाइबाट जोगाउँदै यहाँसम्म ल्याइपु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद ।

अस्मिता हाम्रोमा प्रकाशित लेख तथा विचारहरूका लागि लेखक स्वयम् जिम्मेवार हुनेछन् । पत्रिकाको आधिकारिक धारणा सम्पादकीयमार्फत् सम्प्रेषित हुनेछ । यस नवयात्रामा आफ्नो लेख तथा विचारमार्फत् साथ दिनुहुने लेखकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनको वैचारिक यात्रामा यहाँहरू सम्पूर्णको साथ र सहयोगको निरन्तरताको अपेक्षा राखेका छौँ ।

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के