
“विचारशील महिलाको विशिष्ट पत्रिका” भन्ने मूल नारासहित नेपाली महिलाको व्यक्तित्व, मर्यादा र गौरवपूर्ण अस्तित्वको खोजी र स्थापनाको सचेत प्रयत्नस्वरूप २०४५ साल वैशाखमा प्रकाशन सुरु
गरिएको अस्मिताले पितृसत्ता र महिला विषय केन्द्रित लेख–रचना प्रकाशित गरी वैचारिक बहसका निम्ति अभिव्यक्तिको वातावरण तयार गरेको थियो । महिलामुक्ति आन्दोलनका शीर्षस्थ व्यक्तित्व सुप्रसिद्ध
साहित्यकार पारिजातले यस पत्रिकाको नाम जुराउनु भएको थियो; र महिला उत्थानका निम्ति युवाजोशका साथ अग्रसर सुसन मास्के तथा अन्जु क्षेत्रीको सम्पादन प्रकाशनमा यसले एउटा लामो गौरवशाली यात्रा तय ग¥यो । त्यसपछि २०७१ सालमा अस्मिता हाम्रो नामबाट पाठकहरू समक्ष आएर केही अब्कपछि नै ओझल भयो । यस पत्रिकाले महिला अधिकार र स्वतन्त्रताका निम्ति गरेको ऐतिहासिक योगदानको
स्मरण विश्रामको यही अन्तरालमा हुन थाल्यो । अस्मिताको सब्घर्ष र इतिहासका सम्बन्धमा पाठकहरूले गर्नुभएको उच्च मूल्याब्कनले गर्दा नै हाम्रो पुस्ता त्यस इतिहाससँग आकर्षिक हुँदै गइरहेको थियो । नवपुस्तासँगको निरन्तरताको अभीष्टताका साथ अहिले यो हाम्रो पुस्तामा हस्तान्तरित भएर पुनः आफ्ना प्रिय पाठकहरूका मा ́मा आइपुगेको छ ।
अस्मिता पत्रिकाले त्यसबेला बहसमा ल्याएका महिलाको सम्पत्ति माथिको अधिकार, स्वास्थ्य शिक्षामा पहुँच, गर्भपतन, नागरिकता लगायतका विषयहरू आज संविधान र कानुनमार्फत् सम्बोधन भएका छन् । यस अर्थमा अस्मिताले महिला अधिकारको विषय मुखर गर्न ठुलो योगदान गरेको देखिन्छ । यस पत्रिकाले लिएको बाटो र बोकेको मर्मलाई समयसापेक्षित ढब्गमा अनुशीलन गर्दै आजपर्यन्त निरन्तरता पाइरहेको छ । पितृसत्तात्मक महिला विभेदी व्यवहार, महिला उत्पीडनका विविध रूपहरू र त्यसका सामाजिक–आर्थिक–सांस्कृतिक कारणहरू साथै बजार र वस्तुकरणको निर्मम प्रहार नै महिला मुक्तिमा तगारो बनिरहेको छ । महिलाको अस्तित्वमा बाधा भएर खडा भएका यिनै चुनौतीमाथि वैचारिक बहस–पैरवी गर्दै पितृसत्ताको ध्वंसबाट निर्माण गर्न सकिने सहअस्तित्वको खोजी गर्नु नै अस्मिता हाम्रोको मूल उद्देश्य हो ।
नेपालमा पछिल्लो आठ दशकको अवधिमा भएका सामाजिक राजनीतिक आन्दोलन, आम मानिसमा विकसित चेतना र प्राप्त उपलब्धिहरू गौरवपूर्ण छन् । लामो समयसम्म देशको बागडोर निरब्कुश राणा र शाह शासकहरूका हातमा रहेकामा २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन तथा २०६२÷६३ सालको दोस्रो जनआन्दोलन पश्चात् भने सार्वभौम अधिकार जनताको हातमा आएको छ । शक्तिकेन्द्र र त्यसका अधिनायकहरूसँगको नेपाली जनताको निरन्तर सब्घर्ष र प्रतिरोधको परिणामस्वरूप आज देश लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको छ । दोस्रो जनआन्दोलनको तरब्गसँगै महिला, मधेसी, मुस्लिम तथा सीमान्तकृत वर्ग समुदायको अधिकार र पहिचानको मुद्दाले राष्ट्रिय राजनीतिमा नै बहसको सृजना ग¥यो । त्यसयता महिला तथा सीमान्त समुदायहरूको हक अधिकारलाई संविधानले सुनिश्चितता गरे तापनि उनीहरूले उठाएका धेरै विषय सम्बोधन हुन बाँकी नै छन् । यसै पृष्ठभूमिमा रही प्रत्येक सचेत र जिम्मेवार नागरिकले देशको केन्द्रीय चरित्रका रूपमा स्थापित सामन्तवादी पितृसत्तात्मक मनोवृत्तिमा के कति परिवर्तन भयो ? सामाजिक सांस्कृतिक मान्यताका आडमा महिलामाथि हुने गरेका विभेद र दमनको अन्त्यको प्रयत्न कति भए ? उनीहरूको अधिकार र पहिचानको मुद्दा कुन ढब्गमा अगाडि बढेको छ ? समग्रतामा बुझिने नेपाली महिलाको पहिचानभित्र हराइरहेको महिलाभित्रको विविधताको विषय के कसरी सम्बोधन भएका छन् ? आजको भूमण्डलीकृत पुँजीवादी अर्थव्यवस्था र उपभोक्तावादी बजार व्यवस्थामाझ महिलाको अस्तित्व र स्वतन्त्रताको अवस्था कस्तो छ ? जस्ता अत्यन्त संवेदनशील विषयमाथि सुक्ष्म विश्लेषण गर्न आवश्यक छ ।
नेपालको संविधान २०७२’ले महिलालाई पैतृक सम्पत्तिदेखि वंशको अधिकार समेत प्रदान गरिसकेको छ । यद्यपि व्यवहारमा त्यसलाई पूर्णतः लागु गर्न न परिवारहरू तयार छन्, न महिला स्वयम् नै हकदावी गर्न सक्छन् । त्यसैले नेपाली समाज आज कानुन र व्यवहारको विपर्यास तथा दुविधापूर्ण अवस्थाबाट गुज्रिरहेको देखिन्छ । वर्तमान समय एकातिर बदलिँदो राजनीतिक सामाजिक व्यवस्थाको फेहरिस्त प्रस्तुत गर्दै अग्रगामी छलाब मार्ने स्वप्निल प्रतिबद्धता व्यक्त गर्छ भने अर्कोतर्फ कतिपय जीर्ण र रुढिग्रस्त पुरातन पितृसत्तात्मक मान्यतालाई काखी च्यापी महिला शोषणको नवनव सांस्कृतिक शैली निर्माणका निम्ति तल्लीन रहन्छ । त्यसैको परिणामस्वरूप पछिल्लो समय महिलामाथि हुने हिंसाका डरलाग्दा घटनाहरू बढिरहने र पितृसत्ताले त्यसलाई ढाकछोप गर्ने अथात् पीडित महिला भएकै कारण न्याय नपाउने स्थिति थप देखापर्न थालेका छन् । छोरीको भ्रूण हत्या, एसिड आक्रमण, दाइजो प्रथा, बलात्कार र हत्या, कार्यस्थलमा हुने हिंसा साथै सामाजिक सञ्जाल र साइबर स्पेसमा हुने हिंसा पनि उत्तिकै बढेका छन् । यस्ता अनेकन् समस्याबाट प्रताडित महिलाको अस्तित्वसँग जोडिएका सब्गीन मुद्दाहरू मौसमी बहस बनी हराइरहे झैँ लाग्छन् । पुँजीवादी अर्थव्यवस्थाको चब्गुलमाझ महिलालाई केवल ।।।घाँटी मुनिको देह’ या ।।।शरीरदेखि शरीरसम्म’को कायाका रूपमा बुझिदिने मनोवृत्तिको दपेटामा परेका महिलाहरूको स्वत्व महानगरका हरेक चोक र गल्लीमा बिक्री भइरहेका छन् । एउटा युगान्तकारी राजनैतिक परिवर्तनपछि पनि महिलाहरूको अस्तित्व ह्रासको अवसादपूर्ण यस अवस्थामा महिलाको मर्यादास्तर बारे अत्यन्त गम्भीर वैचारिक छलफल जरुरी छ । साथमा, नेपाली समाजका लैब्गिक उत्पीडनका विरुद्धमा प्रतिरोध गर्ने साहसी महिलाहरूले विगतमा गरेका पितृसत्ता विरुद्धका (योगमायापूर्व र योगमायादेखि समकालीन महिलावादी अभियन्ताहरूका कार्यहरू) कार्यको स्मरण गर्न पनि आवश्यक छ, जसले आजका महिलालाई अगाडि बढ्न बाटो फराकिलो पारिदिने छ ।
महिलाको पहिचानको मुद्दा आज विश्वव्यापी बहसको विषय बनेको छ । पश्चिमी राष्ट्रहरूमा अठारौँ र उन्नाइसौँ शताब्दीभर धिमा गतिमा अघि बढेको महिला अधिकारको विषयले सन् १९६० पछि भने द्रुतता लिई थुप्रै चरणहरू पार गर्दै अघि बढेको छ । सन् १९९०को दशकयता यौनिक तथा लैब्गिक अल्पसब्ख्यक समुदायको शरीर र लिब्गकेन्द्रित संरचनागत द्विलिब्गीय मान्यता (फ्यालोजोसेन्ट्रिक नम्र्याटिभ हेटेरोसेक्सुआलिटी) का विरुद्धको आवाज मुखरित भइरहेको छ । सहस्राब्दीको आगमनसँगै नयाँ चरणमा प्रवेश गरेको नारीवादी आन्दोलनको पछिल्लो संस्करणका रूपमा सामाजिक सञ्जालको माध्यमबाट विश्वभर फैलिएको ।।।ह्यासट्याग मिटु’ अभियानलाई लिन थालिएको छ । विश्वमा भइरहेको निरन्तर परिवर्तनसँगै महिलामाथि हुने हिंसाको स्वरूप पनि बदलिरहेको छ । यस पृष्ठभूमिमा महिलामाथि हुँदैआएका विभेदपूर्ण व्यवहारलाई समानता, स्वतन्त्रता, आपसी सद्भाव र सहभावमा बदल्नुपर्ने आवश्यकताप्रति सचेत हुँदै ।।।स्वतन्त्रता र सहअस्तित्वको सचेतनता’ भन्ने मूल विषयलाई केन्द्रमा राखी अस्मिता हाम्रो अगाडि बढ्नेछ ।
अस्मिता हाम्रोको यस पुनः प्रकाशन अब्क ।।।पितृसत्ता र भुइँमान्छेहरू’ विषयमा केन्द्रित भएकाले पितृसत्ता र महिला उत्पीडनसँग सम्बन्धित वैचारिक लेखहरू, यसै विषयमा गरिएको अन्तक्र्रिया— अस्मिता अन्तरसंवाद, अन्तर्वार्ता, कविता तथा अन्य सामग्रीहरू समावेश छन् । यस अब्कको अग्रलेख ।।।पारिजात र नारीवाद’का लेखक महेश मास्केले पारिजातका विचारहरूलाई केन्द्रमा राखेर नारीवादका विभिन्न धाराहरूको विवेचना गर्नुभएको छ । सुकन्या वाइबासँगको अन्तर्वार्ताले अस्मिता पत्रिकाको प्रकाशनको गौरवपूर्ण इतिहास तथा महिला मुक्तिका निम्ति पारिजातको संलग्नता र योगदानमाथि प्रकाश पारेको छ । रीता साहको लेख मधेसी समुदायमा विद्यमान पितृसत्ता, मधेसी महिलाको अवस्था तथा अधिकारको सवालमा केन्द्रित छ भने धनकुमारी सुनारको लेखले राज्यको पितृसत्तात्मक संरचनाको दोहनमा परेका दलित महिलाको प्रतिरोधी आवाजलाई प्रतिध्वनित गरी दलित महिलाको अधिकार र स्वतन्त्रताको वकालत गरेको छ । त्यसै गरी ज्ञानु अधिकारीको लेखले पितृसत्तात्मक समाजमा महिलाहरूले भोगिरहेको असजिलो समयलाई उजागर गरेको छ । अभय श्रेष्ठको लेख पितृसत्तासँग हिसाब फछ्र्यौट गर्न बाँकी रहेको ।।।महिला मुक्तिको बेरुजु’माथि केन्द्रित छ । साथमा राजकुमार दिक्पालको लेखमा लिम्बू विवाह संस्कारसँग जोडिएको नारीपक्षधरताको विषयलाई उठाइएको छ । यी लेखहरूले नेपाली महिलामाथिको पितृसत्तात्मक संस्थागत दलनलाई उजागर गरी विद्यमान विभेदपूर्ण अवस्थाको अन्त्य साथै पुरुषजातिसँग सहअस्तित्वको वकालत गरेका छन् । यस अब्कमा कवि उषा शेरचनको महिला स्वतन्त्रताका विषयमा अग्रगामी चिन्तनसहितको कविता समावेश गरिएको छ, जहाँ पितृसत्ताका चरण चरणका दमन विरुद्ध नयाँ पुस्ताका सम्भाव्य प्रतिरोधी आवाज प्रतिध्वनित भएको छ । अस्मितामा पूर्वप्रकाशित तर आज पनि उत्तिकै सान्दर्भिक रहेका पारिजात र निनु चापागाईँका लेखसँगै डा.मीना आचार्यको व्यक्तिचित्र पनि यस अब्कमा प्रस्तुत गरिएका छन् । अनुदित स्तम्भअन्तर्गत कविता, कथा र नारीवादी लेख प्रकाशित गरी महिलामुक्तिका विषयलाई विश्व परिवेशसँग जोड्ने प्रयास गरिएको छ । अस्मिता पत्रिकाका संस्थापक सम्पादक द्वय सुसन मास्के र अन्जु क्षेत्री, अस्मिताका आरम्भकालीन महत्वपूर्ण लेखक तथा सहकर्मी अरुणा उप्रेती, विधान आचार्य र सीता ओझाका शुभकामना मन्तव्य समेत प्राप्त गरी यहाँ प्रकाशित गरिएको छ । यसले इतिहासको सचेत निरन्तरतालाई सद्भावपूर्ण बनाइरहन प्रेरित गरेको छ । यसैगरी प्रा.डा. सुधा त्रिपाठी, प्राज्ञ हंसा कुर्मी र गौरी देवकोटाका लेखरचनाहरूले नारी अस्मिताको वकालत गरेका छन् । यस अब्कमा प्रयोग भएको नारीकेन्द्री कलामा आबद्ध आवरण चित्र कलाकार विश्वराज पराजुलीको रहेको छ ।
लामो समयदेखि आन्दोलनरत मिटरब्याज पीडित महिलाहरूको ऐंठनपूर्ण समय, सब्घर्ष र भुइँमान्छेको प्रतिरोधी आवाजलाई आत्मसात गरी लक्ष्मी रुम्बाले तयार पार्नुभएको लेख, महिला मुक्तिको सब्कल्पसहित अघि बढेको पत्रिका अपराजिता पारिजातबारे गीता त्रिपाठीले लेख्नुभएको समीक्षा तथा चुनौती र साहसको पर्याय बनेकी चरीमाया तामाबको दारुण समयदेखिको सब्घर्ष र महिलामुक्तिको साहसिक लडाईंमा मिल्दै गएको सफलताको कथा उजागर गरिएको कुमारी लामाले तयार पार्नुभएको लेख पनि यस अब्कमा प्रकाशित छन् । यस पत्रिकाको पुनः प्रकाशनमा साथ दिनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति हार्दिक नमन । अस्मिता हाम्रो का पूर्व प्रकाशक इन्दु तुलाधर र सम्पादक मञ्जु थापाप्रति हामी आभार प्रकट गर्दछाँै । अस्मितालाई हरेक कठिनाइबाट जोगाउँदै यहाँसम्म ल्याइपु¥याउन सहयोग गर्ने सबैलाई धन्यवाद ।
अस्मिता हाम्रोमा प्रकाशित लेख तथा विचारहरूका लागि लेखक स्वयम् जिम्मेवार हुनेछन् । पत्रिकाको आधिकारिक धारणा सम्पादकीयमार्फत् सम्प्रेषित हुनेछ । यस नवयात्रामा आफ्नो लेख तथा विचारमार्फत् साथ दिनुहुने लेखकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनको वैचारिक यात्रामा यहाँहरू सम्पूर्णको साथ र सहयोगको निरन्तरताको अपेक्षा राखेका छौँ ।