Asmita Magazine

#

पारिजात र नारीवाद

तस्विर सौजन्य : सुकन्या वाइबा

मानव समाज विकासको एक खास चरणमा पितृसत्ता अस्तित्ववान् र शक्तिशाली बनेको, त्यसैले समाज विकासकै अर्को उन्नत चरणमा त्यसका कारक तत्त्वहरू मेटिन थालेपछि त्यसको नाश सम्भव छ भन्नेमा पारिजात विश्वस्त हुनुहुन्थ्यो। पितृसत्ताको प्रभुत्व-पराश्रयवादी चिन्तन र व्यवहारले विकृत पारेको पुरुष मानसिकतासँग जुझ्दै र उनीहरूलाई सही वातावरण दिँदै त्यस मानसिकतालाई सहभाव र सहअस्तित्वबोधमा रूपान्तरित हुन सहयोग गर्न सकिन्छ भन्ने उहाँको विश्वास थियो । जीवनको चरम विसङ्गत बिन्दुमा मार्क्सवादी विश्व दृष्टिकोण आत्मसात गरेपछिका दिनहरूमा पारिजातको जीजिविषायुक्त नयाँ जीवनदृष्टि नै उहाँको नारीवादी दृष्टि पनि थियो ।

 

"तिमी मेरो उत्पीडन बुझ्दैनौ
तर म तिम्रो उत्पीडन बुझ्छु
आऊ आज हामी उत्पीडनहरू साटासाट गरौँ
हामी मानसिकताले एकाकार होऔँ
हामी एक-अर्का बिना बाँच्न सक्ने प्राणी होइनौँ
म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेकै ठाउँसम्म पुर्याऊ
त्यहाँ, जहाँ तिमीलाई मैले
सभ्यताको आदिकाल मैँ पुर्याइसकेको थिएँ ।"

‘मानुषी’- पारिजात

आधा शताब्दीभन्दा अघिको काठमाडौँको नयाँ सडकमा  रात निकै छिप्पिसकेपछि नेपालका नाम चलेका  एक हुल साहित्यकारहरू भट्टीबाट लर्खराउँदै निस्कछन् । रक्सीको मात लागेर  सुनसान  सडकमा हल्लिदै हिडिरहेका ती पियक्कडहरूबिच एकजना रक्सी नपिउने  व्यक्ति पनि हुन्छन् ।  उनलाई घर सम्म पुर्याउन त्यो डफ्फा हिँडेको हुन्छ तर अचानक एक स्वनामधन्य  कविले प्रस्ताव गर्छ, “जाऊँ पारिजातलाई भेट्न। ” सुरापान नगरेका साहित्यकारलाई अप्ठेरो लाग्छ तर पारिजातलाई भेटेपछि उनलाई घर पुर्याइदिने वाचा उनका मित्रहरूले गर्छन् । पारिजातको डेरामा पुगेर ढोका जोडले ढक्ढक्याउँछन् ।  सुतिसकेका दिदी बहिनीहरू झस्कन्छन् र भित्रबाट त्रसित स्वरले बहिनी सुकन्याले “को हो?” भनी सोध्दा आफ्ना नामहरू भन्दै ती रक्सी नपिउने व्यक्ति पनि साथमा रहेको बताउँछन् (उनीहरू पिएर आएको भन्ने शंका हुन नदिन)।ढोका खुलेपछि ग्वारग्वार्ती कोठामा पस्छन् र भन्छन्, “हामी कविता सुन्न आएको, सुनेपछि गइहाल्छौ।” पारिजातलाई कविता पाठ गर्न कर गर्छन् । उनले पनि बाध्यतावस एउटा कविता सुनाउँछिन् तर ११ बजेतिर डेरामा पसेका उनीहरू राति एक बजेतिर मात्रै त्यहाँबाट निस्कन्छन् ।

केही हप्ताअघि अठ्ठाइसौँ पारिजात स्मृति सभामा प्रमुख अथितिका आसनबाट बोलिरहनुभएका श्री रोचक घिमिरेका स्मृति कथन हुन्, उल्लिखित पङ्क्तिहरू।ती जँड्याहाहरूको हुलमा रक्सी नखाने साधु साहित्यकार घिमिरेले केही अप्ठ्यारो मान्दै र केही परिहाससहित आफ्नो युवावस्थाका मित्रहरूको  अल्लारेपनबारे  बोलिरहँदा त्यहाँ उपस्थित व्यक्तिहरूमध्ये कतिपय उहाँको बयान सुनेर अचम्म मान्दै हाँसिरहेका थिए; कति भने “ए कविता सुनाउन मात्रै त गएका रहेछन्” भन्दै त्यस घटनालाई सहज रूपमा लिनुपर्ने आशय व्यक्त गरिरहेका थिए।मध्यरातमा मात्तिएका मानिसहरूको हुललाई निन्द्राबाट उठेर कविता सुनाउनुपर्ने त्यो विसङ्गत क्षणलाई पारिजातले कसरी झेल्नुभयो होला भन्ने पाटो घिमिरेको संस्मरणमा थिएन। भट्टीहुँदो मदहोश भएका मान्छेहरूलाई मध्यरातमा पारिजातको डेरामा जाने विचार र आँट कसरी आयो होला  भन्ने पनि चर्चा थिएन तर एउटा तथ्य भने सभाकक्षमा सुन्ने शक्ति हराउनेगरी गुन्जिएको थियो- घिमिरे र अर्का एक जनाबाहेक समाजमा नाम चलेका ती साहित्यकारहरूलाई रक्सीको नशामा लट्ठ हुँदा पनि पारिजातको डेरामा मध्यरातमा ढोका ढक्ढक्याउन कुनै सङ्कोच वा ग्लानी थिएन ।   

त्यो दिन मैले रोचक घिमिरेका शब्दहरू र त्यसका कर्कश प्रतिध्वनिहरू जडवत भएर सुनेँ । ती र त्यस्तै घटनालाई सङ्केत गरेर पारिजातका पत्रहरूमा पोखिएका आक्रोशमय वेदनाका सुस्केराहरू सम्झेँ । रोचक घिमिरेले गिनाउनु भएका कतिपय नामहरू [पाद टिप्पणी -१]  पारिजात र मेराबिच भएका कुराकानीमा प्रसङ्गवश चर्चा भएको पनि सम्झिएँ । मलाई राम्रोसँग थाहा छ; पारिजातका लागि त्यो सामान्य  घटना थिएन । त्यो पछिसम्म  बिझाइरहने, चिथोरिरहने घटना थियो र त्यस्ता घटना  एउटै मात्र पनि थिएनन् । त्यस्ता घटनाहरूको समुच्चयकै कारणले असुरक्षित भइरहनुभएकी पारिजातले  विमल राल्फाको आश्रय लिन खोज्दा अझ बढी  त्रासद, गरिमाहीन र वीभत्स घटनाको ‘अत्यास लाग्दो भास’ मा डुब्न पुग्नुभएको थियो । 

भट्टीहुँदो मेरो चर्चा गर्ने, मेरो फोटो प्रदर्शन गर्ने, आफु आफु झगडा गर्ने,  इर्ष्या गर्ने, मकहाँ आएर एक-अर्काको निन्दा गर्ने, मेरो नजिक हुन खोज्ने, पैसा लुटाउनेसम्म देखिए।यति मात्र नभएर मेरो कोठामा मातेर आइदिने, आधारातमा मातेर आएर ढोका घच्घच्याउने, सडकबाट बोलाइदिने आदि जस्ता बजारू व्यवहारहरू र एउटा कोठावाल्नीले बेहोर्नुपर्ने जस्ता समस्याहरूको सामना गर्नुपर्यो ।  आत्मग्लानी र घृणाले म बिरामी जस्तो भएँ । के अर्थ थियो र ! मेरो बौद्धिक मानसिकताको, जब पुरुषहरू यति तलसम्म ओर्लन सक्छन् भने !यी स्वार्थी र खुङ्खार ब्वाँसाहरूको नाम कुनै पनि समयमा लेख्नसक्छु । 

आजभन्दा चालिस बर्षअघि, २०४० साल बैशाख ६ गते, पारिजातले मलाई लेख्नुभएको पत्रमा त्यो र त्यस्तै घटनाहरूका सम्बन्धमा उहाँले भोग्नुपरेका असह्य वेदना यसरी पोख्नुभएको छ, “एक बेजोड उपन्यास लेख्ने धुनमा झन्डै पाँच वटा जति उपन्यास लेख्दै Destroy गरेँ  र  बिरामी  भइसकेपछि “शिरीषको फूल” लेखेँ, त्यो सफल भयो । म रातारात प्रसिद्ध  भएँ ।…त्यसपछि मृदु भाषामा साहित्यिक सन्दर्भका बौद्धिक कुरा गर्दै आँखाबाट वासना ओकल्ने बुद्धिजीवीको सामना गर्नुपर्यो ।  एकान्त खोज्ने, प्रेम (यौन) आग्रह गर्ने, ममा सकम्बरी देख्ने, मलाई सकम्बरी तुल्याउन खोज्ने, शिरीषको फूल प्रयोग गर्न खोज्नेहरूले क्रमश: मलाई घेरामा पर्दै लगे ।  भट्टीहुँदो मेरो चर्चा गर्ने, मेरो फोटो प्रदर्शन गर्ने, आफु आफु झगडा गर्ने,  इर्ष्या गर्ने, मकहाँ आएर एक-अर्काको निन्दा गर्ने, मेरो नजिक हुन खोज्ने, पैसा लुटाउनेसम्म देखिए।यति मात्र नभएर मेरो कोठामा मातेर आइदिने, आधारातमा मातेर आएर ढोका घच्घच्याउने, सडकबाट बोलाइदिने आदि जस्ता बजारू व्यवहारहरू र एउटा कोठावाल्नीले बेहोर्नुपर्ने जस्ता समस्याहरूको सामना गर्नुपर्यो ।  आत्मग्लानी र घृणाले म बिरामी जस्तो भएँ । के अर्थ थियो र ! मेरो बौद्धिक मानसिकताको, जब पुरुषहरू यति तलसम्म ओर्लन सक्छन् भने !यी स्वार्थी र खुङ्खार ब्वाँसाहरूको नाम कुनै पनि समयमा लेख्नसक्छु ।  मैले आफुलाई एकदमै असुरक्षित पाउन थालेपछि भएकाहरू मध्येमा  सबैभन्दा  भद्र र घनिष्ट  देखिने पुरुषको आड लिन मलाई कर लाग्यो । विमलले त्यही मौका छोप्यो; उसमा पनि त्यतिकै स्वार्थी, कामुक र ब्वाँसो लोग्नेमान्छे लुकेको रहेछ। अत्यासलाग्दो भासमा डुबेपछि मैले मेरो गरिमामयी जीवनको सपनालाई यसो हेरँ, मेरो सपना मलाई खिल्ली उडाइरहेको थियो । ” (वेदना , २०५२:२२ )

दु:ख लाग्छ डा. महेश, मान्छेहरूले यसरी underestimate गरेको देख्दा । लाग्छ, मेरो हावभाव घटिया र उच्छृङ्खल अवश्यै छैन तथापि यस्ता घटनाहरू आइलागे । यति हुँदाहुदै पनि मलाई पुरुषहरूकै सङ्गत मनपर्छ । कति महान् पुरुषहरू मैले मेरो जीवनमा भेटेकी छु. कति जनासँग मेरो प्रगाढ स्नेहालु सम्बन्ध कायम छ र ताजै पनि छ. कति जना पुरुषहरूको अगाडि म रुनसम्म सक्छु । मानसिक दुः खको भुमरीमा पर्दा पुरुषहरूले नै मलाई आँट भरोसा दिएका छन् ।  म Antimale कदापि हुन सक्दिनँ ।

जस्तोसुकै पत्थर-मनलाई पनि द्रवित बनाउने पारिजातको यस पत्रमा पोखिएको अभिव्यक्ति-अंश मात्रै हेर्नेहरूलाई उहाँको पुरुष जातिप्रति नै गहिरो आक्रोश र  नकारात्मक धारणा  थियो  भन्ने लाग्न सक्छ. तर त्यही पत्रमा तल उहाँले यस्तो पनि लेख्नुभएको छ;  “दुख लाग्छ डा. महेश, मान्छेहरूले यसरी underestimate गरेको देख्दा । लाग्छ, मेरो हावभाव घटिया र उच्छृङ्खल अवश्यै छैन तथापि यस्ता घटनाहरू आइलागे । यति हुँदाहुदै पनि मलाई पुरुषहरूकै सङ्गत मनपर्छ । कति महान् पुरुषहरू मैले मेरो जीवनमा भेटेकी छु. कति जनासँग मेरो प्रगाढ स्नेहालु सम्बन्ध कायम छ र ताजै पनि छ. कति जना पुरुषहरूको अगाडि म रुनसम्म सक्छु । मानसिक दुः खको भुमरीमा पर्दा पुरुषहरूले नै मलाई आँट भरोसा दिएका छन् ।  म Antimale कदापि हुन सक्दिनँ ।”  (वेदना, २०५२:२२, उही)

महिला मुक्ति आन्दोलनको एक सशक्त हस्ताक्षर पारिजातको नारीवादी चेतनाबारे अस्मिताका पाठकहरूसँग विमर्श गर्ने मेरो प्रयत्न म यहीँबाट सुरु गर्न चाहन्छु; त्यतिबेलाका सभ्य ठानिने पुरुषहरूले एक सचेत नारी मात्रै होइन, शिरीषको फूल को प्रसिद्धिले साहित्य जगतमा चर्चा र लोकप्रियताको शिखर छोइरहेकी साहित्यकार पारिजातप्रति कस्तो खालको मानसिकताको परिचय दिइरहेका थिए? अनि  पुरुषहरूको अनेक प्रताडना र पीडा सहेर, भोगेर पनि पारिजातले पुरुषहरूप्रति कस्तो दृष्टिकोण बनाउनुभयो ? यी दुवै खाले  दृष्टिकोण किन, कसरी बने होलान्? नारीवादी विमर्शमा केन्द्रीय समस्याका रूपमा रहेको नारी-पुरुष सम्बन्धको परिधिभित्र यी दृष्टिकोणहरूले कुन र कस्तो  ठाउँ  ओगट्छन् ?

‘स्वार्थी र खुङ्खार ब्वाँसाजस्ता पुरुषहरू’लाई झेलेर पनि ‘प्रगाढ स्नेहालु सम्बन्ध राख्न सकिने पुरुषहरू’को अस्तित्वप्रति आस्थावान्  पारिजातलाई यी दुवै थरिका  पुरुषहरूको मानसिकतालाई बुझ्न पितृसत्ताको अवधारणा  र त्यसको विरुद्ध चलिरहेको सङ्घर्षले सहयोग गरेको थियो । महिलाहरूको सामाजिक-आर्थिक-सांस्कृतिक उत्पीडनको मूल कारण नारीलाई समाजमा हेय, पराश्रित र आफुभन्दा तल्लो दर्जाको (दोश्रो लिङ्ग) ठान्ने पितृसत्ताजन्य पुरुष मानसिकतामा आधारित छ, जुन प्रकृति प्रदत्त होइन, त्यो  सामाजिक-आर्थिक-ऐतिहासिक प्रक्रियाको उपज हो भन्नेमा उहाँ प्रस्ट हुनुहुन्थ्यो।मानव समाज विकासको एक खास चरणमा पितृसत्ता अस्तित्ववान् र शक्तिशाली बनेको, त्यसैले समाज विकासकै अर्को उन्नत चरणमा त्यसका कारक तत्त्वहरू मेटिन थालेपछि त्यसको नाश सम्भव छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो। पितृसत्ताको प्रभुत्व-पराश्रयवादी चिन्तन र व्यवहारले विकृत पारेको पुरुष मानसिकतासँग जुझ्दै र उनीहरूलाई सही वातावरण दिँदै त्यस मानसिकतालाई सहभाव र सहअस्तित्वबोधमा रूपान्तरित  हुन  सहयोग गर्न सकिन्छ भन्ने उहाँको विश्वास थियो ।

पितृसत्ताले पुरुष मानसिकतालाई गरेको अमानवीयीकरण एउटा क्रुर सामाजिक व्यवस्थाको उपज हो भन्ने उहाँको दृढ मत थियो, त्यसैले  उहाँ ‘पुरुषजाति  विरोधी’ वा ‘पुरुषद्वेशी’  हुनुहुन्नथ्यो ।  माथिको पत्रमा व्यक्त गरिएका निजात्मक भावनाहरू पारिजातका सार्वजनिक राजनैतिक घोषणामा  यसरी अनुवादित  हुन्छन्,  “आज नेपाली महिलाहरूले सामन्तवादी र पुँजीवादी दुवैथरि शोषणको शिकार भइरहनुपरेका बेला हामीले शोषण विरुद्धका कार्यक्रमलाई तीव्रतर र देशव्यापी बनाएर लैजान परेको छ…, महिलाहरूले आफ्नो मुक्तियुद्ध पुरुषवर्गको विरुद्ध होइन, तर  पुरुषवर्गलाई छुट दिने एउटा क्रुर सामाजिक व्यवस्थाको विरुद्ध हो. यसले गर्दा महिलाहरू एक्लै लड्न सक्दैनन्, देशका अरू समस्त शोषित, पीडित पुरुष वर्गको साथ लागेर वर्ग सङ्घर्षमा आधारित परिवर्तनकारी राजनैतिक समूहसँग आफ्नो पनि कार्यक्रम गाभेर लड्नपर्छ “

त्यो विश्वासको आधार सामाजिक-आर्थिक-सांस्कृतिक उत्पीडन विरुद्धको मुक्ति सङ्घर्षसँग उहाँ स्वयम् सहभागी भएको महिला मुक्ति आन्दोलन जोडिनु  थियो,  थोरै संख्यामा भए पनि एकथरी पुरुषहरू पितृसत्ता विरुद्ध उभिएको देख्नु त्यो विश्वासको अर्को आधार थियो ।पितृसत्ताले पुरुष मानसिकतालाई गरेको अमानवीयीकरण एउटा क्रुर सामाजिक व्यवस्थाको उपज हो भन्ने उहाँको दृढ मत थियो, त्यसैले  उहाँ ‘पुरुषजाति  विरोधी’ वा ‘पुरुषद्वेशी’  हुनुहुन्नथ्यो ।  माथिको पत्रमा व्यक्त गरिएका निजात्मक भावनाहरू पारिजातका सार्वजनिक राजनैतिक घोषणामा  यसरी अनुवादित  हुन्छन्,  “आज नेपाली महिलाहरूले सामन्तवादी र पुँजीवादी दुवैथरि शोषणको शिकार भइरहनुपरेका बेला हामीले शोषण विरुद्धका कार्यक्रमलाई तीव्रतर र देशव्यापी बनाएर लैजान परेको छ…, महिलाहरूले आफ्नो मुक्तियुद्ध पुरुषवर्गको विरुद्ध होइन, तर  पुरुषवर्गलाई छुट दिने एउटा क्रुर सामाजिक व्यवस्थाको विरुद्ध हो. यसले गर्दा महिलाहरू एक्लै लड्न सक्दैनन्, देशका अरू समस्त शोषित, पीडित पुरुष वर्गको साथ लागेर वर्ग सङ्घर्षमा आधारित परिवर्तनकारी राजनैतिक समूहसँग आफ्नो पनि कार्यक्रम गाभेर लड्नपर्छ ” ( पारिजात, २०४८, पृ.८ )।

यो उद्घोष  नारीवादी  आन्दोलनमा देखापरेका विभिन्न धारहरूमा पारिजात कहाँ उभिनुहुन्छ, त्यसको परिचायक छ । पारिजातका लागि महिला मुक्तिको सङ्घर्ष र नारीवादी चेतना एउटै सिक्काका दुई पाटा थिए।अठारौँ  शताब्दीमा पश्चिमी देशहरूमा दासप्रथाको उन्मुलन र नागरिक अधिकारको उभारसँगै मेरी वोलस्टोनक्राफ्ट ‘महिला अधिकारको प्रत्याभूति’ (A Vindication of the Rights of Woman), उन्नाइसौँ  शताब्दीमा  जोन स्टुअर्ट मिलको ‘महिलाहरूको पराधिनता’  (The Subjection of Women) को वैचारिक नेतृत्वबाट सुरु भएको महिला अधिकारवादी अभियानलाई नारीवादको ‘पहिलो लहर’ वा ‘उदारवादी नारीवाद’ (liberal feminism) को चरण मानिएको छ. (त्यसको मुख्य माग महिलाहरूले भोट गर्ने अधिकार सहित पुरुष सरह समान अधिकार पाउनुपर्छ भन्ने थियो।महिलाहरू प्राकृतिक रूपमै कमजोर हुन्छन् भन्ने प्रचलित सिद्धान्तलाई यसले अस्विकार गरेको थियो तर  पुँजीवादमा पुगिसकेको वा संक्रमण गरिरहेको राजनैतिक व्यवस्थाभित्रै कानुनी  अधिकारहरू प्राप्त गरे महिला मुक्तिको अभिष्ट पुरा हुने उनीहरूको सोच थियो ।महिला उत्पीडनका लागि जिम्मेवार संरचनागत कारणहरू, वर्ग र लिङ्ग विभेदजन्य स्थिति, संस्कृति र संस्कारहरू र व्यवस्थालाई नै बदल्ने यसको कार्यभार थिएन वा यी मुद्दाहरू प्राथमिकतामा परेका थिएनन् ।

उन्नाइसौँ शताब्दीमा मार्क्सवादीहरूले महिला उत्पीडनको सामाजिक-आर्थिक कारणका रूपमा रहेका निजी सम्पत्तिसम्बन्धी असमान र अन्यायपूर्ण प्रणालीको शल्यक्रिया  गरे।शोषणको जगमा उभिएको पितृसत्ता, परिवार र राज्यको चरित्र अनावृत गरी वर्ग सङ्घर्षको अनिवार्यताका  पक्षमा वैचारिक वहस सुरु गरे। उनीहरूले शोषक र शोषित वर्ग, र महिलाहरूमै पनि  विद्यमान रहेका उत्पीडक र उत्पीडित  मानसिकताका वर्गीय कारणहरूको विश्लेषण गर्दै  पुँजीवादी व्यवस्था ढालेर समाजवादतर्फ अग्रसर भएपछि मात्रै वास्तविक रूपमा महिला मुक्तिको सपना साकार हुने प्रस्तावना अघि सारे । यो प्रस्तावनाका आधार र औचित्य  फ्रेडरिक  एङ्गेल्स र अगस्ट बेबेलका शास्त्रीय कृतिहरू (Engels 1884, Bebel 1883), क्लारा जेट्किन र रोजा  लग्जेम्बर्ग, अलेक्जेण्ड्रा कोलान्ताई आदिका विचार र क्रियाशीलता थिए, क्रान्तिकारी  आन्दोलनहरूका उभार थिए । 

मुख्यतः जर्मन साम्यवादी  क्लारा जेट्किन र रुसी साम्यवादी अलेक्जेण्ड्रा कोलान्ताईको नेतृत्वमा  सङ्गठित रूपमा अघि बढिरहेको महिला मजदूरहरूको आन्दोलनले ‘नारीवादी’ शब्दावलीको प्रयोगबारे नै आपत्ति जनाएको थियो । ‘नारीवाद’ हैन ‘समाजवाद’ शब्दले महिला मुक्तिको आकाङ्क्षा र मर्मलाई समेट्ने उनीहरूको अडान थियो । ‘सेकेन्ड सेक्स’ कृतिका लेँखक सिमोन द बोभ्वा, जो साठीको दशकमा माओ विचारधारा र सौन्दर्य चिन्तनबाट प्रभावित हुनुहुन्थ्यो, उहाँ आफुलाई सन् १९७२ सम्म पनि ‘नारीवादी’ भन्नुहुन्नथ्यो भन्ने तथ्य यहाँ स्मरणीय छ  (Zeng, J. Duan, S.  2018)

‘उदारवादी नारीवाद’लाई वर्गीय रूपमा बुर्जुवाहरूकै प्रतिनिधिबाट नेतृत्व गरिएको र श्रमिक महिलाका पिरमर्का र चाहनाबाट बेखबर एक सुधारवादी आन्दोलन रहेको आरोप त्यतिबेलाका मार्क्सवादीहरूको थियो [ 2].  मुख्यतः जर्मन साम्यवादी  क्लारा जेट्किन र रुसी साम्यवादी अलेक्जेण्ड्रा कोलान्ताईको नेतृत्वमा  सङ्गठित रूपमा अघि बढिरहेको महिला मजदूरहरूको आन्दोलनले ‘नारीवादी’ शब्दावलीको प्रयोगबारे नै आपत्ति जनाएको थियो । ‘नारीवाद’ हैन ‘समाजवाद’ शब्दले महिला मुक्तिको आकाङ्क्षा र मर्मलाई समेट्ने उनीहरूको अडान थियो । ‘सेकेन्ड सेक्स’ कृतिका लेँखक सिमोन द बोभ्वा, जो साठीको दशकमा माओ विचारधारा र सौन्दर्य चिन्तनबाट प्रभावित हुनुहुन्थ्यो, उहाँ आफुलाई सन् १९७२ सम्म पनि ‘नारीवादी’ भन्नुहुन्नथ्यो भन्ने तथ्य यहाँ स्मरणीय छ  (Zeng, J. Duan, S.  2018) [३ ]।  अर्कोतिर मार्क्सवादीहरूको भन्दा फरक सोच राख्दै युगौँदेखि महिलामाथि भइरहेको उत्पीडनको मूल जरा पुँजीवादमा  भन्दा पनि  पितृसत्तामा छ भन्ने धारणा राख्नेहरू ‘आमूल परिवर्तनवादी नारीवादी’हरू (radicle feminist) भनी चिनिन थालेका थिए।उनीहरूले पनि ‘उदारवादी नारीवाद’ ले नारी उत्पीडनको मूल जरो ‘पितृसत्ता’ हो भन्ने नबुझेको भनेर आलोचना गरेका थिए । 

एङ्गेल्सले सन् १८८४ मै  “परिवारभित्र श्रीमान्  बुर्जुवा र श्रीमती चाहिँ सर्वहारा हुने” र त्यो “स्त्री लिङ्गको अन्तिम पराजय हो”( Engels 1884) जस्तो यथार्थलाई औँल्याइसकेको अवस्थामा पनि घरभित्र गृहणी, छोरी, बुहारीका रूपमा रहेका महिलाका श्रमको उचित कदर र मूल्याङ्कन मार्क्सवादी आन्दोलनले नगरेको बताए. नारीको यौनिकताबारे प्रस्ट दृष्टिकोण नभएको र मार्क्सवादी विचार अँगालेका पुरुषहरूमा sexist मानसिकता हावी रहेको पनि रेडिकल फेमिनिस्टहरूले प्राथमिकता साथ उठाए ।

श्रमिक महिलाको वर्गीय स्वार्थका दृष्टिकोणबाट मार्क्सवादीहरूले ‘उदारवादी  नारीवाद’को आलोचना गरे पनि ‘महिला प्रश्न’को निरूपण गर्ने सवालमा मार्क्सवादीहरू आफै पनि आलोचित हुन थालेका थिए।  उनीहरू विरुद्ध सोझिएको आलोचना मार्क्सवादी आन्दोलनभित्र र बाहिर दुवै ठाउँबाट निश्रित भएको थियो। सन् १९६० को दशकमा सुरु भएको नारीवादको ‘दोश्रो लहर’मा मार्क्सवादी र रेडिकल फेमिनिस्ट तीव्र वैचारिक बहसमा थिए र सडकमा सङ्घर्षरत पनि ।पुँजीवादलाई परास्त गरेर समाजवादतर्फ अग्रसर हुने राजनैतिक मुद्दाको प्राथमिकताले गर्दा पितृसत्ताका तमाम आयाम र बदलिँदा रूपहरूबारे मार्क्सवादीहरूको ध्यान  पुग्न नसकेको र  आन्दोलनभित्र र परिवारमा पनि पुरुषहरूमा पितृसत्तात्मक र  लिङ्ग विभेदकारी  (sexist) विचार र संस्कार प्रबल रूपमा रहेको आलोचकहरूले औल्याए ।  एङ्गेल्सले सन् १८८४ मै  “परिवारभित्र श्रीमान्  बुर्जुवा र श्रीमती चाहिँ सर्वहारा हुने” र त्यो “स्त्री लिङ्गको अन्तिम पराजय हो”( Engels 1884) जस्तो यथार्थलाई औँल्याइसकेको अवस्थामा पनि घरभित्र गृहणी, छोरी, बुहारीका रूपमा रहेका महिलाका श्रमको उचित कदर र मूल्याङ्कन मार्क्सवादी आन्दोलनले नगरेको बताए. नारीको यौनिकताबारे प्रस्ट दृष्टिकोण नभएको र मार्क्सवादी विचार अँगालेका पुरुषहरूमा sexist मानसिकता हावी रहेको पनि रेडिकल फेमिनिस्टहरूले प्राथमिकता साथ उठाए । पुरुषहरूको पितृसत्तात्मक  मानसिकता सामाजिक आर्थिक व्यवस्थाले निर्धारण गरिरहेको हुन्छ भन्ने मार्क्सवादी  तर्कको प्रत्युत्तरमा  यो सामाजिक आर्थिक व्यवस्था पितृसत्ताले चलाइरहेको र त्यसका निर्धारकहरू पुरुषहरू स्वयम् भएको तर्क दिए,  त्यसैले पुरुषसत्तालाई परास्त नगरीकन सामाजिक-आर्थिक स्थितिमा परिवर्तन ल्याउन सकिन्न भन्ने सोचलाई अघि बढाए ।  रेडिकल फेमिनिस्टहरूमध्ये धेरै मार्क्सवादी दृष्टिकोणबाटै प्रभावित थिए तर पितृसत्ताको जीववैज्ञानिक व्याख्यालाई बढी महत्त्व दिने भएकाले  र नारीको उत्पीडनका लागि पुरुषलाई मुख्य दोषी ठहर्याउने सोच अँगाल्दै गइरहेको हुनाले फरक निष्कर्ष र फरक रणनीति अपनाइरहेका थिए ।  अर्कोतिर कुनै बेला ‘नारीवाद’ शब्दप्रति असहिष्णुता राख्ने, नारीवादीहरूलाई बुर्जुवा वर्गको प्रतिनिधि पात्रका रूपमा मात्र हेर्ने मार्क्सवादीहरूको दृष्टिकोणमा परिवर्तन आई दोश्रो लहरको मध्येतिर  ‘मार्क्सवादी नारीवाद’ (Marxist Feminism)  शब्दावली प्रचलनमा आउनथालेको थियो।

तर त्यतिबेलाको पश्चिमेली ‘मार्क्सवादी नारीवाद’ महिलामुक्तिको प्रश्नलाई पुँजीवादको अन्त्यसँग मात्र गाँसेर हेर्थ्यो । निजी सम्पत्तिको जन्म र त्यसमाथि पुरुष आधिपत्यको जगमा खडा भएको सामाजिक-सांस्कृतिक अधिरचनाले गर्दा  पितृसत्ताको उद्भव र विकास भएको सही विश्लेषण गरे तापनि आर्थिक पक्षमा मात्रै मार्क्सवादीहरूको जोड रहनु यसको कमजोरी थियो।  नारी शरीर, यौनिकता र लैङ्गिक विभेदजन्य यावत्  सामाजिक सांस्कृतिक मनोवैज्ञानिक पक्षमाथि ध्यान नपुग्नु वा सैद्धान्तिक रूपमा प्रस्ट भए पनि व्यवहारमा अनुदित नहुनु, मार्क्सवादी आन्दोलनभित्रै महिलालाई दोश्रो दर्जाको नागरिक सरह व्यवहार गरेको पाइनु यसका अन्य कमजोर पक्ष थिए।रेडिकल फेमिनिज्मले भने महिलाको शोषणको मूल कारण पितृसत्ता भएको र त्यो पितृसत्ता पुँजीवादभन्दा धेरै अघि अस्तित्वमा आइसकेकाले पुँजीवाद हट्दैमा नारीहरूको उत्पीडन सकिँदैन भन्ने अवधारणा अघि सार्यो।सिमोन द बोभ्वा, बेट्टी फ्राइडेन, ग्राहम ग्रिन, केट मिलेट, केमिल पालिया आदिले नारीको आफ्नो शरीरमाथिको अधिकारलाई स्थापित गर्न, लैङ्गिक असमानता र विभेदलाई निर्मुल गर्न, घरभित्र गरिएका निजी कामहरू र नारीहरूका निजात्मक आयामहरू पनि  राजनीति हो (Personal is Political) भन्ने  उद्घोष गरे । यी आलोचनाको प्रकाशमा मार्क्सवादीहरूको सोचमा परिवर्तन हुन थालेको थियो ।  पुँजीवाद र पितृसत्ताजन्य लैङ्गिक विभेद विरुद्ध एकै साथ सङ्घर्ष गर्नुपर्ने अवश्यकताको बोध उनीहरूलाई हुन थालेको थियो । सन् सत्तरी र अस्सीको दशकमा दुवै समस्यालाई एकीकृत रूपमा सम्बोधन गर्ने ‘मार्क्सवादी नारीवाद’को विकसित रूप ‘समाजवादी नारीवाद’ भनी चिनिन थाल्यो ।

समाजवादी आन्दोलनमा ‘नारीवादी’ शब्दावलीको प्रयोग ग्राह्य हुदै गएको समानान्तर समयमा  रेडिकल फेमिनिज्म भने अतिवादी दिशातिर हुत्तिँदै गयो र पितृसत्ताको मानसिकता मानव समाजको उत्पति भन्दा पनि प्रकृतिद्वारा नै निर्धारित भएको मत अँगाल्न पुग्यो ।  निजी सम्पत्तिको उदय हुनु अगाडि नै पितृसत्ता अस्तित्वमा आइसकेको, पुरुष र महिला छुट्टै वर्ग भएको, पुरुष वर्गले महिला वर्गलाई शोषण गर्ने भएकाले पुरुषवर्ग विरुद्ध महिलाहरूको सङ्घर्ष केन्द्रित हुनुपर्ने र  पुरुषको अवश्यकतालाई गौँण गर्दै महिलाहरू मात्रको समुदायमा जीवनको आनन्द र अभिष्ट खोज्नुपर्ने आदि विचारको प्रवक्ता बन्न थाल्यो।  यस चिन्तनका अनेकौँ हाँगाबिँगाहरू उम्रिए-  सांस्कृतिक नारीवाद, समलिङ्गी नारीवाद, पृथकतावादी नारीवाद (सेपरटिस्ट फेमिनिस्म) आदि।पृथकतावादी नारीवादमा पुरुषलाई शत्रु देख्ने मानसिकताको बलियो प्रभाव थियो तर त्यस सँगैसँगै पश्चिमी देशहरूमा श्वेतजातिका  महिलाहरूको पूर्वाग्रही नारीवादी चिन्तन तेश्रो विश्वका मुलुकहरूमा पश्चिमेली उपनिवेशीवादजन्य मानसिकतालाई चुनौती दिँदै कालाजाति  नारीवाद, (Black Feminism), र तेश्रोविश्व नारीवाद (Third World Feminism) जस्ता चिन्तन धारा पनि विकसित भए (Haradhan, 2022 / Armstrong, 2020)।

घरमा गरिने श्रम र अन्य ‘निजी’ कार्यको गहन विश्लेषण गरिरहेको सामजिक पुनुरुत्पादनको सिद्धान्तले यो प्रश्न उठायो कि यदि पुँजीवादी प्रणालीको आधारशीला माल उत्पादन (commodity production) हो र त्यो  मालको  उत्पादन श्रमिकहरूले गर्छन् भने स्वयम् श्रमिक र उसको श्रमशक्ति (labor power) कसले उत्पादन गर्छ?(Bhattachary, 2017).  अर्कोतिर भूमिहिनता, र कृषि श्रममा महिलाको योगदान मेटिएको वा मूल्याङ्कन नभएको  तेश्रोविश्व नारीवादको आवाज पनि यो सिद्धान्तमा समेटियो (Armstrong, 2020)।

ब्ल्याक फेमिनिज्मले नस्लको उत्पीडनसँग जोडिएको नारीवादी सङ्कथन अघि बढायो भने तेश्रोविश्व नारीवादीहरूले ग्रामीण महिलाको भूमिहिनताको प्रश्नलाई पनि नारीवादी विमर्शमा ल्याए । पितृसत्ताको विरोध मात्रै नभएर महिला उत्पीडनका सबै आयामहरू वर्ग, लिङ्ग, जात, नश्ल आदिको ‘अन्तर-आयामिक’ (intersectional) चरित्रलाई समेट्नुपर्ने आवश्यकता र सामाजिक पुनरुत्पादन सिद्धान्त (social reproduction theory) को भ्रुणहरू त्यतिबेलै देखापर्न थालेका थिए  (Vogle ,1983) ।  घरमा गरिने श्रम र अन्य ‘निजी’ कार्यको गहन विश्लेषण गरिरहेको सामजिक पुनुरुत्पादनको सिद्धान्तले यो प्रश्न उठायो कि यदि पुँजीवादी प्रणालीको आधारशीला माल उत्पादन (commodity production) हो र त्यो  मालको  उत्पादन श्रमिकहरूले गर्छन् भने स्वयम् श्रमिक र उसको श्रमशक्ति (labor power) कसले उत्पादन गर्छ?(Bhattachary, 2017).  अर्कोतिर भूमिहिनता, र कृषि श्रममा महिलाको योगदान मेटिएको वा मूल्याङ्कन नभएको  तेश्रोविश्व नारीवादको आवाज पनि यो सिद्धान्तमा समेटियो (Armstrong, 2020)।

पारिजात सिद्धान्तकार हुनुहुन्नथ्यो; उहाँको विचार अभिव्यक्तिको प्रमुख माध्यम साहित्य थियो तर उहाँ ‘सामाजिक पुनरुत्पादनको सिद्धान्त’ बारे जानकार हुनुहुन्थ्यो र आम पाठकमा सम्प्रेषण हुनेगरी त्यस सिद्धान्तको सारलाई प्रवाहित गर्नुभएको थियो ।’घरेलु महिला एक प्रसङ्ग’ लेखका यी हरफहरू हेरौ: “कतिपय परिवारहरूमा ‘होइन, यी आइमाईहरू दिनभरि के गरेर बस्छन्’ भनी उपेक्षित र अन्यायपूर्ण प्रतिक्रिया चलाइएको हामी बराबर सुनिरहन्छौँ, मानौ स्वास्नीमानिसहरू दिनभरि घरमा पल्टेर, सुतेर खाएर बस्छन् । घरेलु काममा महिलाहरू प्रशस्त पसिना बगाउँछन्, थाक्छन्, महङ्गी र फारोतिरोको सकस परेर सधैँ तनावपूर्ण जीवन बिताइरहेका हुन्छन् ।उसमाथि पनि आमा भइसकेकाहरूलाई उनीहरूका लालाबालाले सताएर अधमरो तुल्याराखेका हुन्छन् तथापि पुरुषहरू निस्किँदा र  भित्रिदा महिलाहरूले आफ्नो थकित मनस्थितिको आभास दिन हुदैन ।  कर बलले पनि हाँस्नै पर्छ, कत्रो बाध्यता ! …तात्पर्य कुरो के छ भने घरभित्र र बाहिर काम गर्ने स्त्री-पुरुषहरू समान रूपले थाकेका हुन्छन् र दुबैलाई एक अर्काको सम्झौतापूर्ण हाँसो र आपसी हार्दिकताको आवश्यकता पर्छ।महत्त्वपूर्ण रहँदारहँदै पनि गौण ठहर्याइएको महिलाहरूको विवश जीवनीक्रम यसरी बढ्दो छ; सृजनाको मूल श्रोत नै स्त्री-पुरुषको समागम हो, त्यसैले समाज पनि स्त्री पुरुषको साहचर्य मै अडेको हुन्छ। स्त्री-पुरुष एकअर्काका पुरक हुन्। यस साहचर्य र सह-अस्तित्वमा निराशा, विसङ्गति, कुण्ठा, शोषण, दमन, असम्झौता रहेसम्म महिला मुक्तिको सम्भावना हुँदैन।महिला मुक्तिको सम्भावना नहुनु भनेको शोषित, पीडित वर्गको मुक्तिको सम्भावना नहुनु हो “(पारिजात, २०४८, पृ. ५५-५६) ।

“संसारका मजदूरहरू एक हौँ” कै स्पिरिटमा “संसारका महिलाहरू एक हौँ” भन्ने नारा दिने पारिजातको माथि उल्लेख गरिएका अभिव्यक्तिहरूले उहाँ ‘रेडिकल फेमिनिस्ट’ हैन, ‘समाजवादी फेमिनिस्ट’को उन्नत सोचको नजिक हुनुहुन्थ्यो भन्ने देखिन्छ ।नारीहरू प्राकृतिक रूपले नै कमजोर हुन्छन् भन्ने नारी हिनताको ‘गर्भाशय सिद्धान्त’ (uterus theory),  पुरुष प्रबलता र  पितृसत्तालाई प्रकृतिले नै अस्तित्वमा ल्याएको भन्ने मान्यताको उहाँ कट्टर विरोधी हुनुहुन्थ्यो ।प्रकृतिले नारीलाई कमजोर बनाएको होइन भन्ने गहन र सशक्त तर्कहरू समेटेको मार्क्सवादी समाजशास्त्री एवेलिन रिडको ‘जीव विज्ञान नारीजातिको  नियति होइन’ सहित उनका चारवटा कृतिको अनुवाद उहाँले नै गर्न लगाउनु भएको थियो [ ४  ] ।

त्यसमा नारीहरू सदैव पुरुषद्वारा उत्पिडित थिए भन्ने तर्क दिइरहेका केट मिलेटको रचना Sexual Politics (आदिम समाजमा पनि)  र  सुलामित फायरस्टोनको The Dilectics of Sex,  (जनावर हरूमा पनि) जस्ता रेडिकल फेमिनिस्टको विचारहरूको पनि आलोचना गरिएको छ । बेट्टी फ्राइडेनको   ‘फेमिनाइन मिस्टिक’को नारीवादी विश्लेषणबारे भने  रिडले छुट्टै लेखमा सहमति जनाउँदै उनका निष्कर्षहरूप्रति असहमति व्यक्त गरेकी छन् (Evelyn Reed 1964) ।

पारिजातको देहावसानसँगै नारीवादको तेश्रो लहर भनिने युग सन् १९९० को दशकको मध्यतिर सुरु भयो। त्यसमा दोश्रो लहरको कतिपय उग्र चेतनालाई अस्विकार गर्न थालिएको पाइन्छ।पुरुषमा नारित्वको अंश रहने र नारीमा पनि पुरुषत्वको अंश रहने वास्तविकता अब स्विकार्य हुँदै आएको छ।  पुरुषलाई शत्रु देख्ने मानसिकताबाट पनि क्रमश: मुक्त हुँदै आएको देखिन्छ तर अझै पनि घरभित्र र समाजमा महिला समान दर्जाको नागरिक हुन् भन्ने सत्य उपेक्षित नै छ। नारी र पुरुषबिच आपसी सद्भाव, समझदारी र प्रेमका आधारमा बन्ने परिवार अस्तित्वमा आउनका लागि  पितृसत्ताको क्रुरतालाई जन्म दिने र पोषित गर्ने सामाजिक-आर्थिक व्यवस्था विरुद्ध नारीवादको उर्जा केन्द्रित हुनुपर्छ भन्ने आम सहमति अझै भइसकेको देखिन्न । बरु नारीवादकै औचित्य समाप्त भएको, उत्तर नारीवादी युग सुरु भइसकेको दावी गर्न थालिएको छ। नारीवादको चौथो लहरको पनि चर्चा सुरु भएको छ।यस्ता दावीहरू पश्चिमेली मरणासन्न पुँजीवादको अस्तित्व रक्षाका चाहनाले अभिप्रेरित छन् भन्ने बुझ्न कठिन छैन।

१४ माघ २०३९ को पत्रमा पारिजात लेख्नुहुन्छ:  ” ‘शिरिष को फूल’ देखि ‘बैसको मान्छे’ लेख्दासम्ममा जीवनको अति दु:खद, जटिल र तनावपूर्ण जीवन बाँच्दै थिएँ । मार्क्सवाद, लेनिनवादको लाइन समयमा नपाइदिएको भए मैले आत्महत्या गर्न पर्थ्यो नत्र Drugs मा  निर्भर रहनुपर्थ्यो” (वेदना, पारिजात विशेषाङ्क, २०५२)। जीवनको चरम विसङ्गत बिन्दुमा मार्क्सवादी विश्व दृष्टिकोण आत्मसात गरेपछिका दिनहरूमा जीवनलाई हेर्ने जीजिविषायुक्त नयाँ दृष्टि नै को पारिजातको नारीवादी दृष्टि पनि थियो ।

चालिस बर्षअघि सन् १९८० को दशकमा  पारिजातले लेख्नुभएको पत्रको समय नारीवादको दोश्रो लहर उत्कर्षमा पुगेको समय थियो।महिला उत्पीडनका लागि जिम्मेवार सामाजिक आर्थिक व्यवस्थाभन्दा पनि रेडिकल नारीवादको प्रहारको केन्द्र पुरुषजाति हुन थालेका थिए।त्यस्तो बेलामा र पुरुष प्रताडित नेपाली समाजमा अनेकौँ अपमान झेलेर पनि  पारिजातको नारीवाद  ‘पुरुषविरोधी (antimale ) भएन।  ‘मानुषी’ कविता र आफ्ना लेखहरूमा व्यक्त गरेझैँ उहाँले सधैँ “नारी पुरुष एक अर्काबिना बाँच्न नसक्ने प्राणी” हुन् भन्ने मान्यता राख्नुभयो; उनीहरूले आपसमा  उत्पीडनहरू साटासाट गरुन्  र हातेमालो गरुन् भन्ने  प्रस्ताव राख्नुभयो। के पुरुषहरूबाट सताइएकी र ‘शिरीषको फूल’ ताकाको निस्सारता र विसङ्गतिवादी जीवन दर्शन अँगालेकी  पारिजात पुरुषजातिकै विरोध गर्ने रेडिकल फेमिनिस्ट बन्ने सम्भावना थिएन होला र ? तर त्यो सम्भावनाले मूर्त रूप किन लिएन र पारिजात  पितृसत्ता र सामाजिक-आर्थिक व्यवस्था कै विरुद्धमा उभिने समाजवादी फेमिनिस्ट कसरी  बन्नुभयो होला भन्ने उत्तर पनि उहाँले नै मलाई लेख्नुभएको अर्को एक पत्रमा दिनुभएको छ।  १४ माघ २०३९ को पत्रमा पारिजात लेख्नुहुन्छ:  ” ‘शिरिष को फूल’ देखि ‘बैसको मान्छे’ लेख्दासम्ममा जीवनको अति दु:खद, जटिल र तनावपूर्ण जीवन बाँच्दै थिएँ । मार्क्सवाद, लेनिनवादको लाइन समयमा नपाइदिएको भए मैले आत्महत्या गर्न पर्थ्यो नत्र Drugs मा  निर्भर रहनुपर्थ्यो” (वेदना, पारिजात विशेषाङ्क, २०५२)। जीवनको चरम विसङ्गत बिन्दुमा मार्क्सवादी विश्व दृष्टिकोण आत्मसात गरेपछिका दिनहरूमा जीवनलाई हेर्ने जीजिविषायुक्त नयाँ दृष्टि नै को पारिजातको नारीवादी दृष्टि पनि थियो ।

पितृसत्ताजन्य  दमनकारी पुरुष मानसिकताका अन्य थुप्रै रङहरू पारिजातका सानैदेखिका भोगाइहरू थिए तर ती विसङ्गतिहरूलाई मानव प्रकृति वा जीवविज्ञानको स्वाभाविक उपज  होइन;  असमान र अन्यायपूर्ण सामाजिक-आर्थिक सम्बन्धहरूको उपज हुन् भन्ने दृष्टिकोण  उहाँलाई मार्क्सवादले मात्रै  दिन सक्यो।  त्यही दृष्टिकोणले पारिजातलाई “महिलाहरूले आफ्नो मुक्तियुद्ध पुरुष वर्गको विरुद्ध होइन तर पुरुषवर्गलाई छुट दिने एउटा क्रुर सामाजिक व्यवस्थाको विरुद्ध” केन्द्रित गर्नुपर्ने अवश्यकता बोध गराएको थियो।

पारिजात बाँचेको  नेपाली  समाज अनेकन विसङ्गतिहरूले भरिएको थियो।आधा रातमा मातेर आउने समाजका लब्धप्रतिष्ठ साहित्यकारहरूका वासना ओकल्ने हेराइ र विवश कोठावाल्नीहरूले झेल्नुपर्ने व्यवहार पारिजातको भागमा पनि पर्यो। पितृसत्ताजन्य  दमनकारी पुरुष मानसिकताका अन्य थुप्रै रङहरू पारिजातका सानैदेखिका भोगाइहरू थिए तर ती विसङ्गतिहरूलाई मानव प्रकृति वा जीवविज्ञानको स्वाभाविक उपज  होइन;  असमान र अन्यायपूर्ण सामाजिक-आर्थिक सम्बन्धहरूको उपज हुन् भन्ने दृष्टिकोण  उहाँलाई मार्क्सवादले मात्रै  दिन सक्यो।  त्यही दृष्टिकोणले पारिजातलाई “महिलाहरूले आफ्नो मुक्तियुद्ध पुरुष वर्गको विरुद्ध होइन तर पुरुषवर्गलाई छुट दिने एउटा क्रुर सामाजिक व्यवस्थाको विरुद्ध” केन्द्रित गर्नुपर्ने अवश्यकता बोध गराएको थियो।

आजको नेपाली समाजमा पनि महिला उत्पीडनको अन्त्य, स्वतन्त्रता  र सहअस्तित्वको खोजीमा लागेका युवा पुस्ताका लागि आफ्नो रचनात्मक उर्जा कता केन्द्रित गर्ने भन्ने प्रश्न बाटो छेकेर उभिएको छ।  यो लेख लेख्नुको प्रयोजन पारिजातका विचार र कर्म त्यस प्रश्नको उत्तर खोज्न उनीहरूलाई सहयोगी हुन सक्छ कि भन्नेतर्फ सङ्केत गर्नु हो; विशेषगरी तिनीहरूलाई, जो नेपालका दूरदराज गाउँका दु:ख आफुसँगै बोकेर हिँडिरहेका छन्।

पाद टिप्पणि:

१ . ती नामहरू घिमिरेले विजय मल्ल स्मृति ग्रन्थमा प्रकशित आफ्नो संस्मरणमा पनि उल्लेख गर्नुभएको छ र गोविन्द गिरि प्रेरणाको पुस्तक “सुश्री पारिजात” मा त्यही  संस्मरणलाई उद्धत गरी  चर्चा गरिएका नाम यस प्रकार छन् : विजय मल्ल, मदन रेग्मी, उपेन्द्र श्रेष्ठ, पुरुषोत्तम बस्नेत, प्रेमध्वज बस्नेत, पुण्यप्रसाद सुवेदी  (घिमिरे, २०६६).

२.  मजदुर वर्गको आन्दोलनमा आफ्नो शक्ति र ध्यान केन्द्रित गरेका मार्क्सवादीहरूले लगाएको त्यस  आरोपका आधार पनि थिए ।  यहाँ के स्मरणीय छ भने ८ मार्चमा प्रत्येक वर्ष हामीले मनाउँदै आएका  अन्तर्राष्ट्रिय महिला दिवसको उत्प्रेरक घटना सन् १८५७ मै घटी सकेको थियो- कम्युनिस्ट मेनिफेस्टो प्रकाशित भएको ९ वर्षपछि न्युयोर्कमा कपडा कारखानाका मजदुर महिलाले महिलाहरूका लागि अन्यायपूर्ण अवस्था र असमान अधिकार विरुद्ध काम गर्ने थलोमा जुलुस प्रदर्शन गरेका थिए तथा  कामको समय कम गर्न र राम्रो ज्याला पाउन मांग गरेका थिए (Solis Steph, 2013 )।  सन् १९०८ मा  पुन:  महिलाहरूको  कामको समय कम गर्न, बढी ज्याला र भोट दिन पाउने अधिकारको लागि करिब पन्ध्र हजार  महिला मजदूरहरूले न्युयोर्कमा मार्च गरे ।  सन् १९१० मा कोपेनहेगनमा श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदा  क्लारा जेट्किनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विचार प्रस्तुत गरेकी थिइन्- हरेक वर्ष हरेक देशमा एकै दिन महिला दिवस मनाउनुपर्ने उनको प्रस्ताव थियो ।१७ देशका १०० भन्दा बढी महिलाहरूको सम्मेलनले जेट्किनको सुझावलाई सर्वसम्मत अनुमोदनका साथ स्वागत गर्यो ।  त्यसरी ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ अस्तित्वमा आएको थियो (IWD,2023)।  पछि सन् १९७७ मा संयुक्त राष्ट्रसंघको महाधिवेशनले अनुमोदन गरेपछि मात्र श्रमिक महिलाबाट त्यो सबै महिलाहरूको  ‘अन्तर्राष्ट्रिय महिला दिवस’ बनेको हो।  ८ मार्चको मिति चाहिँ प्रथम विश्वयुद्ध ताका रूसमा “रोटी र शान्ति” का लागि महिलाहरूले जारविरुद्ध युगीन आन्दोलन गरेको र सफल भएको दिन रूसको पुरानो क्यालेन्डर को २३ फेब्रुअरीबाट आएको हो, जुन युरोपको ग्रिगोरियन क्यालेण्डरमा अनुवाद हुँदा ८ मार्च बन्न पुगेको हो (UN, 2023)।

३ .  सन् १९६० को दशकको उत्तरार्द्ध र १९७०  को प्रारम्भमा नारीवादी आन्दोलनको विकासक्रम र नवचेतना  अवलोकन गरेपछि, सिमोनलाई महिलामुक्तिका लागि समाजवादी क्रान्ति मात्र पर्याप्त हुन्छ भन्ने कुरामा विश्वास रहेन र उनले सन् १९७२ मा Le Nouvet ObservaT मा  दिएको  अन्तर्वार्तामा आफुलाई ‘नारीवादी’ घोषणा गरिन् ।

 ४ . “पुरुषको तुलनामा प्रकृतिमा महिलाहरूले कुनै निर्बलता भोग्नु पर्दैन । … तर  पितृसत्तात्मक वर्गीय समाजको उदयसँगै महिलाहरूको जैविक प्रारूप नै उनीहरूलाई दासको स्थितिमा राख्नका लागि वैचारिक बहाना बन्यो”- एभलिन रिडका यस्ता भनाइहरू पारिजातले बोध गर्नुभएको नारी जातिको आत्मनिर्भरताका बलिया आधारहरू थिए, जुन ‘आधी आकाश’ मा सङ्कलित ‘मानुषी’ नामक लेखमा अभिव्यक्त भएको छ. (पारिजात, २०४८)। 

सन्दर्भ सूची

घिमिरे रोचक, (२०६६) विजय मल्ल :स्मृति ग्रन्थ, प्रधान सम्पादक चैतन्य प्रधान , विजय मल्ल स्मृति समाज, काठमाडौँ .

.पारिजात , (२०५०) मानुषी,  बैसालु वर्तमान, पारिजात संकलित रचनाहरू भाग ५ ,  निर्माण प्रकाशन, सिक्किम.

पारिजात (२०४८)  आधि आकाश , पारिजात संकलित रचना हरू, भाग ६,  निर्माण प्रकाशन, सिक्किम

पारिजात (२०४८)  आधि आकाश , उही 

वेदना , २०५२) पारिजातका केहि अप्रकाशित महत्वूर्ण पत्रहरू,  पूर्णांक ५४, काठमाडौँ

वेदना , (२०५२) उही  i

Armstron, E , 2020: Marxism and Socialist Feminism , Study of Women and Gender. Faculty Publications, Smith College, Northhampton, MA. https://scholarworks.smith.edu/cgi/viewcontent.cgi?article=1014&context=swg_facpubs

Bebel, A. (1885)   Women in the   Past, Present and Future, Reprint, New York:AMS press, 1976

Bhattachary, T. (2017) : What is Social Reproduction Theory”, MarxismoCritico https://marxismocritico.com/2017/10/17/what-is-social-reproduction-theory/

Engels, F.  quoted in “Haradhan. M. (2022), An Overview on the Feminism and its Categories , MPRA, paper.no. 114625.

Engles F.  (1884) The Origin of Private Property.  Family and State,New York, International Publisher, 1972

 Fallaize, Elizabeth (1998). Simone de Beauvoir: A critical reader (Digital print ed.). London: Routledge.

Haradhan. M. (2022), An Overview on the Feminism and its Categories , MPRA, paper.no. 114625

Reed,  E.  (1971)  Is Biology Women’s Destiny? Marxist Internet Archive. https://www.marxists.org

IWD (2023)

Reed E.  (1971):  Is Biology Destiny of Women?, Marxist Internet Archive. https://www.marxists.org

Reed E.  (1964):  A study of the Feminine Mystique, Marxist Internet Archive. https://www.marxists.org

Steph solis, Where did international women’s day came from https://www.yesmagazine.org/democracy/2013/03/09/where-did-international-women-s-day-come-from

UN (2023)  https://www.un.org/en/observances/womens-day/background

Vogle L, (1983), Marxism and Oppression of Women: Towards a Unitary Theory  Rutgers, The State University, USA

Zeng, J. Duan, S.  (2018) : Maoist Aesthetics in Western Left-wing Thought  Comparative Literature and Cultur e and  ISSN 1481-4374 Purdue University Press ©Purdue University

https://docs.lib.purdue.edu/cgi/viewcontent.cgi?article=3250&context=clcweb

Author

  • महेश मास्के

    पेशाले चिकित्सा र जनस्वास्थ्य अनुसन्धानकर्ता डा. महेश मास्के अस्मिता पत्रिकाको संस्थापनकालदेखि नै यससँग आबद्ध हुनुहुन्छ । विद्यार्थीकालदेखि वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आउनुभएका साहित्यमा अभिरुचि राख्ने उहाँ पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष तथा २०१२ देखि २०१६ सम्म चीनका लागि नेपालको राजदूत पनि रहनुभएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयबाट डाक्टर अफ साइन्स डिग्री हासिल गर्नुभएका मास्के सोही विद्यालयको Distinguished Almuni Award बाट सम्मानित हुनुभएको छ ।

    View all posts

Leave a Reply

Asmita Magazine
About Us

Asmita Hamro is an academic magazine published from Kathmandu, Nepal and available in both online and print editions. The online edition is updated regularly as required, and the print edition publishes special articles and materials every six months in addition to the materials published online.

Read More

website counter
Quick Contact
Contact Information

Asmita Magazine
Upahar marg, Baluwatar - 4, Kathmandu
+977 01 4412870

स्थायी द.नं.: ३५७
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

info@asmitamagazine.com
www.asmitamagazine.com

Our Team

संस्थापक:
सुसन मास्के / अञ्जु क्षेत्री
सल्लाहकार:
निनु चापागाईं, अरुणा उप्रेती, सुधा त्रिपाठी
सम्पादक:
कुमारी लामा, गीता त्रिपाठी, लक्ष्मी रुम्बा
व्यवस्थापक:
रविन नेपाल
प्रकाशक:
महेश मास्के